Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

एकीकृत समाजवादीद्वारा सरकारमा सहभागितालाई निरन्तरता दिने निष्कर्ष


काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले सरकारका पार्टीको सहभागितालाई निरन्तरता दिने निष्कर्ष निकालेको छ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल विभाजनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न मंगलबार बसेको पार्टी सचिवालय बैठकले सो निर्णय गरेको हो । मुलुकमा विकसित राजनीतिक घटनाक्रमहरूलाई गहिरो विश्लेषण गर्दै सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने निष्कर्ष निकालिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

त्यसैगरी बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माण प्रक्रियामा सहभागी हुन र संसदमा प्रभावकारी भूमिका खेल्न पनि पार्टीका सांसदहरूलाई निर्देशन दिएको छ । पार्टी महाधिवेशनको कामलाई छिटो सम्पन्न गर्न पनि सम्बन्धित कमिटीहरूलाई बैठकले सचेत गराएको पनि प्रवक्ता खतिवडाले बताए ।

बैठकमा नेताहरूले पार्टी भित्रको एकतालाई अझ बलियो बनाउनुपर्नेमा पनि जोड दिएका थिए । पार्टी भित्र कुनै समस्या नभएको निष्कर्ष पनि बैठकले निकालेको एकीकृत समाजवादीले जनाएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट