Techie IT
  • २०८१ वैशाख १९, बुधबार

नयाँ वर्षमा क्लासिक टेककाे अफर, २५ महिना इन्टरनेट ढुक्क


काठमाडौं । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ वर्ष २०८१ को अवसरमा २५ महिना इन्टरनेट ढुक्कको अफर ल्याएको छ ।

यस अफरमा ग्राहकले २०० एमबीपीएस वार्षिक जडान गर्दा २५ महिनासम्मको इन्टरनेट पाउने क्लासिक टेकले जनाएकाे छ । जसमा १३ महिना इन्टरनेट र १३ महिना आईपीटीभी सर्भिसमा बोनससमेत हुने कम्पनीले दाबी गरेको छ । २०० एमबीपीएसको वार्षिक जडान खर्च ५ सय ६६ रुपैयाँ प्रतिमहिना रहेको छ । यस अफरमा २५ महिना बोनसका साथै फाइभ गेगाहर्ज डुअल ब्यान्ड राउटर र स्मार्ट सेट टप बक्स पनि उपलब्ध हुनेछ ।

यस अफरअन्तर्गत जेडटीई कम्पनीको राउटर र काराे टीभीको आईपीटीभीकाे सर्भिस पनि पाइने कम्पनीले जनाएकाे छ । पुराना ग्राहक वर्गका लागि पनि क्लासिक टेक रिचार्ज अफर ल्याएको छ । ग्राहकले रिफर गरेबापत पनि थप दुई महिना बोनस पाउने विज्ञप्तिमा उल्लेख छ ।

थप जानकारीका लागि ९८०१००४४७७ नम्बरमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

 


 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट