Techie IT
  • २०८१ जेष्ठ ९, बुधबार

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ


काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापासहित तीन जनालाई सफाइ दिएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले कोषका सदस्यसचिव डा। थापासहित कोषको तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकाल र कोषको स्टोर किपर अरुणकुमार श्रेष्ठलाई सफाइ हुने ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिमा जलहरी राख्दा सुन हिनामिना गरेको आरोपमा गएको असोज १४ गते तीन जनाविरुद्द विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेकोे थियो ।

अख्तियारले जलहरी राख्ने क्रममा झण्डै डेढ किलो सुन हिनामिना भएको दाबी गर्दै एक करोड १७ लाख भ्रष्टाचार गरेको आरोप लगाएको थियो ।  

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट