Techie IT
  • २०८१ वैशाख २७, बिहीबार

कृषकलाई हलो उपहार


तम्घास, २८ मङ्सिर । मुसिकोट नगरपालिकाले गोरुपालक ४० जना कृषकलाई हलो उपहार दिएको छ । मुसिकोट नगरपालिका ८ का ४० जना गोरुपालक कृषकलाई हलो अनुदानमा उपहार स्वरुप प्रदान गरिएको वडा अध्यक्ष रमेश बिकले जानकारी दिए ।  

नगरपालिकाको वार्षिक स्विकृत कार्यक्रम अन्तर्गत गोरुपालक कृषकलाई सम्मान कार्यक्रमबाट उनीरुलाई हलो प्रदान गरिएको उनले बताए । पछिल्लो समय गाउँमा गोरुपाल्ने कृर्षकहरु हराउँदै गएकाले उनीरुलाई प्रोत्साहन गर्नका लागि एक लाखको बजेटबाट हलो, फाली र करवाह लगायत सामग्री प्रदान गरिएको हो ।

वडा नम्वर ८ का ४० जना कृषकलाई हलो वितरण पश्चात उनीहरुलाई कृषि पेशामा टिकाई राख्नका लागि थप टेवा पुग्ने नगरपालकाले विश्वास लिएको छ । कृषकहरुले उपहार स्वरुप हलो पाएपछि कृषि पेशामा केही भएपनि राहत मिल्ने जनाएका छन् ।

कृषि र पशुपालनबाटै नेपालमा मनग्य आम्दामी गर्न सकिने भएकाले युवाहरुलाई स्वदेशमानै टिकाई राख्नका लागि नगरले विशेष योजना बनाएको नगरप्रमुख जिवन खरेलले दावि गरे । कृषकले उत्पादन गरेका कृषि उपजहरुलाई नगरपालिकाले खरिद गरिदिने गरेको छ ।

कृषकहरुको उत्पादनलाई सुनिश्चित गर्नका लागि नगरपालिकाले न्यूनतम दर रेट निर्धारण गरी खरिद गरिदिने गरेको सूचना अधिकारी प्रकाश घिमिरेले जानकारी दिए । नगरपालिकाले कृषि उपज खरिद गरिदिँदा कृषकहरुलाई बजारको समस्या नहुने र उत्पादनमा केन्द्रित हुन पाउने नगरपालकाले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट