Techie IT
  • २०८१ जेष्ठ २, बुधबार

सगरमाथा आरोहीको मलमुत्र २१ हजार केजी


काठमाण्डौं, ३ असार । सगरमाथामा यो वर्षको वसन्तयाममा ७५ टन फोहोर उत्पादन भएको छ । वसन्तयामको आरोहण सिजनमा सगरमाथा आधार शिविर र त्योभन्दा माथिसमेत गरी ७५ टन फोहोर उत्पादन भएको र त्यसमध्ये झन्डै ७० टन फोहोर सङ्कलन भएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले जनाएको छ । एसपीसीले आरोहणको समयमा सगरमाथाको फोहोर व्यवस्थापन गर्दै आएको छ । एसपीसीसीका कर्मचारीले आधार शिविरमा ६० हजार चार सय ८८ किलो फोहोर सङ्कलन गरेका छन् । जसमध्ये २१ हजार चार सय ४९ किलो जलाउन सकिने र सात हजार पाँच सय ३६ किलो जलाउन नसकिने फोहोर रहेको छ । यस्तै २१ हजार पाँच सय सात किलो मानव दिसा र नौ हजार नौ सय ९६ किलो भान्छाबाट निस्किएको फोहोर रहेको एसपीसीसीले जनाएको छ । आधार शिविरभन्दा माथिबाट आरोहीले आठ हजार नौ सय ५४ किलो फोहोर फिर्ता ल्याएर छन् । हरेक आरोहीले आधार शिविरभन्दा माथिबाट आठ किलोका दरले फोहोर फिर्ता ल्याउनुपर्ने नियम छ । सङ्कलन गरेकोमध्ये जलाउन सकिने र नसकिने फोहोर नाम्चेसम्म ढुवानी भइसकेको एसपीसीसीका अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए । उनका अनुसार जलाउन सकिने फोहोर नाम्चेमै व्यवस्थापन गरिने छ भने जलाउन नसकिने फोहोर विमानमार्फत काठमाण्डौ पठाइने छ । मानव मलमूत्र र भान्छाबाट निस्किएको फोहोर भने आधार शिविरभन्दा केही तल ल्याएर व्यवस्थापन गर्दै आएको एसपीसीसीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट