Techie IT
  • २०८१ जेष्ठ २, बुधबार

बाढी, पहिरोका कारण सङ्खुवासभा, पाँचथर र ताप्लेजुङमा २६ जना बेपत्ता


काठमाण्डौ, ३ असार । मनसुन भित्रिएसँगै बाढी, पहिरोका घटना सुरु भएका छन् । गएको बुधवारदेखि पूर्वबाट सुरु भएको मनसुन बिस्तारै पश्चिमी क्षेत्रमा फैलिने क्रममा छ । मनसुन भित्रिएको पूर्वी क्षेत्रमा लगातारको वर्षाले क्षति गरेको छ । सङ्खुवासभा, पाँचथर र ताप्लेजुङमा बाढी पहिरोले ठूलो क्षति गरेको छ । सङ्खुवासभामा १६ जना सम्पर्कविहीन छन् । सङ्खुवासभाका चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा हेवा खोला थुनिएपछि बाढी आएको छ । यो बाढीले चैनपुर नगरपालिका–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोपावरमा क्षति पुर्याएको छ । हेवा हाइड्रोपावरमा काम गर्ने १६ जना मजदुरहरू सम्पर्कविहीन भएका हुन् । बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुल पनि बगाएको छ। चैनपुर नगरपालिका मेयर कृष्णकुमार तामाङका अनुसार चैनपुरमा ५ वटा घर बगेका छन् । हेवा खोला चैनपुर र पाँचखपन नगरपालिकाको सीमा भएर बग्छ । उनले भने ‘हेवा खेलामा अहिले पनि बाढी आएको छ, रोकथाम गर्न सक्ने कुनै उपाय छैन ।’ निरन्तरको वर्षासँगै आएको बाढी पहिरो पाँचथर र ताप्लेजुङमा थप १० जना बेपत्ता छन् । पाँचथरको हेवा खोलामा आएको बाढीले फिदिम र फालेलुङमा गरी ६ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । हेवा खोलाको बाढीमा हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा बेपत्ता हुनुभएको छ । तामाङ र लोवा हेवा ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत हुनुहुन्छ । सङ्खुवासभा र पाँचथरमा क्षति गर्ने हेवा खोला दुई फरक खोला हुन् । बाढीले पाँचथरको फिदिम–४ हेवाखोलामा गिट्टी कुटेर गुजारा चलाँउदै आएका एक जना, फालेलुङ–३ मा एक जना र फिदिम–४ माँझीटारमा दुई जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हरि खतिवडाले जानकारी दिए । बेपत्ताहरूको परिचय खुल्न बाँकी छ । उनीहरुको खोजी भइरहेको छ । बाढीले मेची राजमार्गअन्तर्गत पाँचथर र ताप्लेजुङ जोड्ने हेवा खोला पुल बगाएको छ । यस्तै, फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुईवटा मोटरेबल र एउटा झोलुङ्गे पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यस्तै, याङवरक गाउँपालिका ३ र २ मा केही घर बगेका छन् । यसबारे क्षतिको विवरण आउन बाँकी छ । यस्तै, ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परि एकै घरका तीन जनासहित चार जना बेपत्ता भएका छन् । गएराति घर माथिबाट आएको पहिरोमा परि यामकुमार बुढाथोकीकी श्रीमती भगीमाया बुढाथोकी, बुहारी सन्ध्या बुढाथोकी र नाति प्रज्ज्वल बुढाथोकी बेपत्ता भएका हुन् । त्यही पहिरोमा परि हर्कबहादुर तामाङका छोरा गणेश तामाङ पनि बेपत्ता भएका जिल्ला समन्वय सदस्य ताप्लेजुङका कला कडरियाले बताए । बेपत्ताको खोजी थालिएको छ । यस्तै, मैवाखोलामा आएको बाढीका कारण ताप्लेजुङको दोभान बजारका ५ वटा घर पहिरोको जोखिममा परेका स्थानीय जयप्रसाद भट्टराईले जानकारी दिए । नेपालमा हरेक वर्ष मनसुनमा जनधनको ठूलो क्षति हुँदै आएको छ । यसपालिको मनसुनमा देशभर १२ लाख ५४ हजार जनाभन्दा धेरै नागरिक प्रभावित हुने पूर्वानुमान छ । साथै २ लाख ८६ हजारभन्दा धेरै घरधुरीमा असर पुग्ने सम्भावना छ । मनसुनमा हुन सक्ने विपद् जोखिमको न्यूनीकरणका लागि पूर्वतयारी गरिएको र यसमा पालिकाको मुख्य भूमिका हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवं प्रवक्ता ध्रुवबहादुर खड्काले बताए । विपदमा प्रभावित भएकाहरुले तत्काल पालिकाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायसँग सम्पर्क गर्न पनि उनको आग्रह छ । बाढीपहिरो पीडितहरुकको उद्दार एवं राहतमा लाग्न प्रधानमन्त्रीको निर्देशन



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट