Techie IT
  • २०८१ जेष्ठ २, बुधबार

होन्डुरसद्वारा ब्रिक्स बैंकमा सामेल हुन औपचारिक निवेदन दर्ता


काठमाडौं । ल्याटिन अमेरिकी देश होन्डुरसले उदीयमान अर्थतन्त्रहरूको समूह ब्रिक्सको बैंकमा सामेल हुन औपचारिकरूपमा निवेदन दर्ता गराएको छ । होन्डुरसका राष्ट्रपति जिओमारा क्यास्ट्रोको कार्यालयले शनिबार ब्रिक्स समूहको बैंक न्यू डेभलपमेन्ट बैंक एनडीबीमा सामेल हुन औपचारिकरूपमा अनुरोध गरेको जनाएको हो । राष्ट्रपति क्यास्ट्रोले बैंकका अध्यक्ष ब्राजिलका पूर्व राष्ट्रपति डिल्मा रउसफसँग चीन भ्रमणको क्रममा भेट गरे। सांघाईमा मुख्यालय रहेको एनडीबीका संस्थापक ब्रिक्सका सदस्य देशहरूमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका रहेका छन् । सन् २०१४मा उदीयमान देशहरूद्वारा यो समूहको स्थापना गरिएको थियो । यो समूहका पाँच अर्थतन्त्रहरूले विश्वको जनसंख्याको ४० प्रतिशत भन्दा बढी हिस्सा ओगटेका छन् । विश्वको कुल जीडीपीको एक चौथाई हिस्सा यो समूहले ओगटेको छ । सदस्य राष्ट्रहरू र अन्य उदीयमान अर्थतन्त्रहरूमा पूर्वाधार र दिगो विकासको क्षेत्रमा वित्तीय सहयोग गर्ने उद्देश्यले बैंकको स्थापना भएको थियो । यसले सदस्य राष्ट्रहरूलाई अमेरिकी डलर र युरोमा निर्भरता कम गर्न मद्दत गर्ने लक्ष्य पनि राखेको छ। यो बहुराष्ट्रिय ऋणदाता समूहले आफ्नो विश्वव्यापी पहुँच विस्तार गर्न जारी राखेको छ । पहिले नै बंगलादेश, संयुक्त अरब इमिरेट्स, उरुग्वे र इजिप्ट समावेश भइसकेका छन् । एनडीबीले पाँचमध्ये ९६ भन्दा बढी आयोजनालाई सहयोग गर्न ३३ अर्ब डलर ऋण दिएको छ  



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट