Techie IT
  • २०८१ वैशाख ३०, आइतबार

एसीसी महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटः नेपाल र भारतको खेल वर्षाले रद्द


काठमाण्डौं, ३२ जेठ । एसीसी महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतको 'ए' टोलीबीचको खेल रद्द भएको छ । खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे हङकङको मङककमा सुरु हुनुपर्ने भए पनि वर्षाका कारण टस पनि हुन नपाई रद्द भएको हो । खेल वर्षाले रद्द भएसँगै नेपाल र भारतले १/१ अङ्क बाँडेका छन् । नेपाल २ खेलमा १ अङ्कसहित समूह 'ए' को तेस्रो स्थानमा छ । भारत २ खेलमा ३ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेपाल पहिलो खेलमा पाकिस्तान 'ए' सँग ९ रनले पराजित भएको थियो । समूहको अन्तिम खेलमा पर्सि शनिवार नेपालले आयोजक हङकङसँग खेल्नेछ । प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह 'ए' मा हङकङ, भारत र पाकिस्तानको 'ए' टोली रहेका छन् । समूह 'बी' मा मलेसिया, यूएई, बङ्लादेश र श्रीलङ्काको 'ए' टोली रहेका छन् । प्रतियोगिताको हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो । एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता पनि हो ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट