Techie IT
  • २०८१ वैशाख ३०, आइतबार

एसिया कप महिला क्रिकेटको पहिलो खेलमा नेपाल मेलसियासँग नौ रनले पराजित


काठमाडौं, ३० जेठ । एसीसी महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल पहिलो खेलमा पाकिस्तान ुएु टोलीसँग नौ रनले पराजित भएको छ । जितका लागि ८८ रनको सामान्य लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७८ रन मात्रै बनाउन सक्यो । नेपालका कविता कुँवरले २० रन बनाइन् । कविता जोशी १५ रनमा अविजित रहिन् । अरुले राम्रो रन बनाउन सकेनन् । त्यसअघि हङकङमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तान १९ ओभर २ बलमा ८७ रन बनाउँदा अलआउट भएको थियो । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा हङकङ, भारत र पाकिस्तान रहेका छन् । भारत र पाकिस्तानको ुएु टोली हो । नेपाल र हङकङको भने सिनियर टोली नै सहभागी छ । समूह ‘बी’ मा मलेसिया, यूएई, बङ्गलादेश र श्रीलङ्काको ‘ए’ टोली छ । नेपालले अब बिहीवार समूहको दोस्रो खेलमा भारतको ुएु टोलीसँग खेल्नेछ । समूहको अन्तिम खेलमा शनिवार नेपालले आयोजक हङकङसँग खेल्नेछ । हरेक समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् । थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो । एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता पनि हो



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट