Techie IT
  • २०८१ वैशाख २९, शनिबार

मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित


काठमाडौं, १८ जेठ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियाविरुद्ध लगातार दोस्रो जित निकालेको छ। नेपालले घरेलु टोलीविरुद्ध २७ रनले विजयी भएको हो। १११ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ओभरमा ४ विकेट गुमाएर ८३ रन मात्र बनाउन सक्यो। मलेसियाका लागि मिरा इस्मालीले ४४ रन बनाइन भने विनफेडले २० रनको योगदान गरिन्। नेपाली बलर सीता रानामगर, इन्दू बर्मा र कविता कुँवरले एक एक विकेट लिए। त्यसअघि टस हारेर पहिले व्याटिङ गरेको नेपालले मलेसियालाई १ सय ११ रनको विजयी लक्ष्य दिएको थियो। नेपालले निर्धारित ओभरमा ५ विकेट गुमाएर ११० रन बनायो। नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक २७ रन बनाइन्। ज्योती पाण्डेले २३ रन बनाउँदा सिता रानामगरले २१ र इन्दु बर्माले २० रन बनाए। मलेसियाका लागि निक नुरले २ तथा एइसा एलिसा र विनफ्रेड एनीले एक एक विकेट लिए। नेपाल पहिलो खेलमा मलेसियासँग पाँच विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो। पाँच खेलको श्रृंखलामा नेपाल २–१ को अग्रता बनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट