Techie IT
  • २०८१ जेष्ठ ७, सोमबार

कोशीमा नयाँ सरकार गठनविरुद्द केदार कार्कीद्वारा सर्वोच्चमा रिट


काठमाडौं । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । असंवैधानिक तरिकाले आफूलाई हटाएर नयाँ सरकार गठनको आह्वान गरेको भन्दै केदार कार्कीले आज सर्वोच्चमा रिट दायर गरेका हुन् ।

रिटमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान र त्यसका आधारमा भएका निर्णय बदर गर्न माग गरिएको छ । यस्तै हिक्मत कार्कीलाई मुख्यमन्त्रीको काम कारबाही नगर्न–नगराउन र आफूलाई मुख्यमन्त्रीको जिम्मेवारी बहाल गर्न अवरोध नगर्न–नगराउनसमेत अन्तरिम आदेश माग गरिएको छ । सर्वोच्चले केदार कार्कीले दायर गरेका रिटको पेसी भोलि शुक्रवारका लागि तोकेको छ ।

गए राति प्रदेश प्रमुखले ४८ घण्टाको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । आज बिहान एमालेका हिक्मत कार्कीले नेपालको संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि बहुमत सदस्यहरूको समर्थनसहित दाबी पेस गरेका थिए ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट