Techie IT
  • २०८१ वैशाख १८, मंगलबार

नागरिक उन्मुक्ति पार्टीकी सुदूरपश्चिम प्रदेश सांसद इन्दिरा गिरी पदमुक्त


काठमाडौं । पार्टीभित्रको विवादका कारण नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सभाकी समानुपातिक सांसद इन्दिरा गिरीलाई फिर्ता बोलाएको छ ।

अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको विवादका कारण अध्यक्ष श्रेष्ठले सांसद गिरीलाई फिर्ता बोलाएकी हुन् । श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेश सभामा दर्ता गरेपछि आज सभामुखको आदेशमा प्रदेश सभा सचिवालयले गिरीलाई पदमुक्त गरेको सूचना सार्वजनिक गरेको हो ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी अहिले केन्द्रीय गठबन्धनसँग नजिक छिन् । तर संरक्षक रेशम चौधरी कांग्रेससँग सहकार्य गरेर सुदूरपश्चिममा सरकार बनाउने अडानमा रहेपछि विवाद बढेको हो ।

 


 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट