Techie IT
  • १८ मंसीर २०८१, मंगलबार
Jhilko

पाकिस्तानमा बुद्धको प्राचीन प्रतिमा भत्काउने चार जना पक्राउ


काठमाडौ । पाकिस्तानमा बुद्धको प्राचीन प्रतिमा भत्काउने अभियोगमा चार जनालाई पक्राउ गरिएको छ ।

खेबेर पख्तुन्ख्वा प्रहरीले शनिबार बुद्ध प्रतिमा भत्काएको अभियोगमा मरदानको तख्तभाइ क्षेत्रको एक निर्माणस्थल क्षेत्रमा काम गरिरहेकाहरुलाई चार जनालाई गिरफ्तार गरेको पाकिस्तानको द डाउनले जनाएको छ ।

शनिबार सामाजिक सञ्जालमा एक जनाले घनले बुद्धको प्रतिमा भत्काइरहेको भिडियो भाइरल हुन पुग्यो । त्यो मूर्तिको केही भाग जमिन मुनि नरहेको देखिएको थियो । एक जनाले मूर्ति भत्काइरहेको र दुई जनाले भिडियो बनाइरहेको भिडियोमा देखिएको थियो ।

पुरातत्व विभागका निर्देशक अब्दुल समदले बुद्ध प्रतिमा भत्काउनु अपराध भएको बताए । कुनै पनि धर्म विरुद्ध अपमान व्यक्ति गर्नु असहनीय भएको उनले जनाए ।

प्रहरीले भत्काउनेहरुलाई पक्राउ गरिएको र प्रतिमालाई फेला पारिसकिएको जनाएको छ । पक्राउ पर्नेहरुमा कमर जामन, अमजद, अलिम र सुलेमान रहेका छन् ।

निर्देशक समदका अनुसार गान्धार सभ्यतासँग जोडिएको रहेको त्यो बुद्ध प्रतिमा १७ वर्ष पुरानो रहेको छ । प्रहरीले त्यो क्षेत्रलाई घेरा हाली बसेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट