Techie IT
  • २०८१ वैशाख १८, मंगलबार

उपकुलपतिकाे नियुक्ति प्रक्रियाबाट भए पनि अझै पूर्ण भइसकेको छैन : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको नियुक्ति योग्यताका आधारमा भए पनि अझै पूर्ण रूपबाट भने नभइसकेको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयमा योग्यताको आधारमा उपकुलपति नियुक्त गरेको भन्दै धन्यवाद व्यक्त गर्न पुगेका प्राज्ञिक समूहसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले सबै प्राज्ञिक संस्थाहरूमा राजनीतिक हस्तक्षेप अतिक्रमण रोक्नका लागि प्राज्ञिक समूहले गराएको ध्यानाकर्षण महत्त्वपूर्ण रहेको बताए । उनले यसको पहल आफूले शुरु गरेको भन्दै अब योग्यताका आधारमा विश्वविद्यालयमा उपकुलपतिलगायत पदाधिकारीको नियुक्ति नभए शैक्षिक क्षेत्रको सुधार हुन नसक्ने जिकिर गरे ।

प्राध्यापक एवम् प्राज्ञिकहरूले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र रजिस्टार मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा खुशी व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डलाई सामूहिकरूपमा धन्यवाद व्यक्त गरेका छन् । भेटमा प्राज्ञिकहरूको तर्फबाट केदारभक्त माथेमाले प्रधानमन्त्रीको सोच र अडानका कारण विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति हुनु महत्त्वपूर्ण कुरा रहेको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीको सोच र अडानबाट खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्त भएको छ । यो राम्रो नजिर हो । तपाईँलाई हार्दिक धन्यवाद छ ।’ छलफलमा माथेमाले सबै राजनीतिक दलले एक ठाउँ बसेर भागबन्डाको संस्कारको अन्त्य र खुला प्रतिस्पर्धाका निम्ति प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट