Techie IT
  • २०८१ वैशाख १८, मंगलबार

दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु


दाङ ।  दाङमा माटोको ढिस्कोले पुरिएर दुई जना बालकको मृत्यु भएको छ । ज्यान गुमाउनेमा घोराही उपमहानगरपालिका–९ आन्द्राभरैयाका १२ वर्षका आषिश चौधरी र १२ वर्षकै माधव चौधरी रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

आन्द्राभरैयाका चार जना बालक बबई नदीको किनारमा खेल्न गएका बेलामा उनीहरु माटोको ढिस्कोमा पुरिएका प्रहरीले जनाएको छ । हिजो दिउँसो खेल्न गएकामध्ये तीन जना खाल्डोमा परेपछि एकजना बालकको उद्धार गरिए पनि अरु दुईजना गहिरो खाल्डोमा पुरिएका थिए । खाल्डो किन खनिएको थियो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट