Techie IT
  • २०८१ वैशाख १५, शनिबार

अझै ३ दिन पानी पर्ने संभावना


काठमाडौं । आज देशभरका पहाडी भू–भागमा पानी परेको छ भने अन्य ठाउँमा आंशिक बदली भएको छ ।

विशेषगरी आज काठमाण्डौ उपत्यकासहित बाग्मती, गण्डकी र कोशी प्रदेशका पहाडी क्षेत्रमा बढी पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो एक घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकमा २ दशमलव ४ मिलिमिटर पानी परेको छ ।

मौसमविद् प्रतिभा मानन्धरकाअनुसार आज राति पनि कोशी, गण्डकी र बाग्मती प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । पश्चिमका केही ठाउँमा पनि पानी पर्न सक्ने उनले बताए ।

अझै तीन दिनसम्म देशभर बदली र धेरै ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अघिल्लो हप्ताको बुधवारदेखि नै वर्षा र बदली भइरहेको छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट