Techie IT
  • २०८१ वैशाख १५, शनिबार

लोडसेडिङ हुन लागेको हल्ला निराधार : उर्जामन्त्री बस्नेत


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन् । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै ऊर्जा मन्त्री बस्नेतले सञ्चारमाध्यममा आएका समाचारजस्तो समस्या नभएको दाबी गरेका हुन् । उनले भारतसँगको विद्युत खरिद सम्झौतामा हरेक वर्ष प्रतिष्पर्धी बजारबाट बिजुली ल्याउन नवीकरण गर्नुपर्ने भएकाले सरकार त्यो प्रक्रियामा रहेको बताए ।

आयात अनुमति नवीकरण हुने भन्दै उनले लोडसेडिङ नहुने जिकिर गरे। बाहिर आए जस्तो भारतले विद्युत् आयात गर्ने अनुमति नवीकरण नगर्ने भन्ने अवस्था नभएको उर्जामन्त्री बस्नेतले बताए ।

नेपाल विद्युत प्राधिकरणले आन्तरिक माग पूरा गर्न करिब छ सय मेगावाटभन्दा बढी आयात गर्दै आएको छ । तर पनि नेपालका औद्योगिक क्षेत्रहरुमा विद्युत कटौती गर्दै प्राधिकरणले लोडसेडिङ गरिरहेको व्यवसायीले बताइरहेका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट