Techie IT
  • २०८१ वैशाख १६, आइतबार

लिखु तामाकोशी गाउँपालिका पूर्व अध्यक्ष खड्का भ्रष्टाचारमा दोषी ठहर


काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्व अध्यक्ष गोविन्दबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले उनीसहित पाँच जनालाई दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय गर्दा भ्रष्टाचार भएको भन्दै २७ जनालाई मुद्दा चलाएकामा पाँच जना दोषी ठहर भएका हुन् । अन्य  २२ जनाले भने सफाइ पाएका छन् ।

खड्कासहित राजु प्रसाद न्यौपाने, टंकप्रसाद चौलागाई, दुर्गा बहादुर तामाङ र नोर्बु लामालाई अदालतले दोषी ठहर गरेको हो । खड्कालाई १ करोड ९९ लाख जरिवाना र ६ महिना कैद सजाय सुनाइएको छ ।  

त्यसैगरी न्यौपाने र चौलागाईको एकमा जनही ३ महिना कैद र ६३ लाख जरिवाना हुने भएको छ भने  तामाङ र लामाको हकमा जनही ३ महिना कैद र रु ३१ लाख जरिवाना हुने भएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट