Techie IT
  • २०८१ वैशाख १५, शनिबार

सचिवहरुलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन : नडराइ कानुनबमोजिम काम गर्नुहोस्


काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नडराई कानुनबमोजिम काम गर्न सचिवहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले नियत सफा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।

असल नियतले काम गरेको विषयमा निर्दोष मानिसलाई कहीँ कतै समस्या भएमा त्यसको जिम्मेवारी आफूले लिने प्रधानमन्त्री प्रचण्डले बताए । नयाँ समीकरणको सरकार थप ऊर्जा, नयाँ सोच, उद्देश्य, कार्यसूची र कार्ययोजनाका साथ आएको बताउँदै प्रधानमन्त्री प्रचण्डले त्यसैअनुरूप अगाडि बढ्न निर्देशन दिए ।

प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वस्थ्य, यातायातजस्ता आधारभूत सेवा, राहदानी, सवारी चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र वितरण तथा मालपोत दस्तुर बुझाउने जस्ता सेवा लिन नागरिकले बेहोरेका सास्ती हटाउने काम तत्काल प्राथमिकतामा राख्न निर्देशन दिए ।  

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट