Techie IT
  • २०८१ वैशाख १५, शनिबार

गोरखाको तान्द्राङ खोलामा बेलिब्रिज निर्माण


गोरखा । बेनिघाट–आरुघाट सडकखण्ड अन्तर्गत तान्द्राङ खोलामा बेलिब्रिज निर्माण भएको छ । भीमसेन थापा गाउँपालिका–८ घाटबेँसी र वडा नम्बर ४ धावाको बालिमटार जोड्ने तान्द्राङ खोलामा २४ दशमलव चार मिटर लम्बाइको बेलिबिज्र निर्माण गरिएको गोरखा सडक योजना कार्यालयका इन्जिनियर गोविन्द श्रेष्ठले जानकारी दिए ।

बेलिब्रिज निर्माणका लागि ठेक्का सम्झौता भएको चार महिनाभित्रै निर्माणको काम सम्पन्न भएको उनको भनाइ छ । पुल निर्माणका लागि कार्यालयले जलप होम जेभीसँग गएको मङ्सिर १५ गते एक वर्षभित्र काम सम्पन्न गर्नुपर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।

पुल निर्माणको लागत तीन करोड ८९ लाख ८३ हजार रुपैयाँ रहेको छ । पुलको वारिपारि दुवैतर्फ ५०र५० मिटरको पहुँच मार्ग निर्माण भएको इन्जिनियर श्रेष्ठले बताए । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको १२ सय मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने भएकाले त्यहाँ पक्की पुल निर्माणका लागि डीपीआर तयार गरिएको भए पनि पछि त्यसलाई परिवर्तन गरेर बेलिब्रिज निर्माण गरिएको हो ।

पुल निर्माण भएसँगै बेनिघाटदेखि आरुघाटसम्म दैनिकरुपमा चल्ने गाडीको आवागमनमा सहज भएको भीमसेन थापा गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए। पुल निर्माणले भीमसेन थापा गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका, चुमनुब्री गाउँपालिकालगायतका क्षेत्रका नागरिकलाई सहज हुनेछ ।    



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट