Techie IT
  • २०८१ वैशाख १६, आइतबार

वैज्ञानिकहरूले सबैभन्दा ठूलो मरुभूमिको उत्पत्तिबारे पत्ता लगाए


काठमाडौं ।पृथ्वीको सबैभन्दा ठूलो र सबैभन्दा जटिल मरूभूमिको उत्पत्तिबारे पहिलो पटक प्रक्षेपण गरिएको छ । वैज्ञानिकहरुले अफ्रिका, एसिया र उत्तरी अमेरिकाका साथै मङ्गल ग्रहमा रहेका यस्ता मरूभूमिहरू कहिले बनेका हुन् भन्ने कुरा यसअघि पत्ता लगाउन सकेका थिएनन् ।

वैज्ञानिकहरूले मोरक्कोको लाला लालिया नामको मरुभूमि १३ हजार वर्षअघि बनेको पत्ता लगाएका बीबीसीले जनाएको छ । ठूला मरुभूमिमा हावाको वेगले उडाएर ल्याएको बालुवा जम्मा भएर बनेका ढिस्को जसलाई स्टार ड्युन्स वा पिरामिड ड्युन्स भनिन्छ ।

तिनीहरूको आकार र उचाइबारे पनि अध्ययन भएको छ । मरुभूमिहरूको उत्पत्तिबारे पत्ता लागेसँगै वैज्ञानिकहरूलाई त्यहाँको हावा र मौसमको बारेमा जान्न मद्दत गर्ने युनिभर्सिटी अफ एबेरिस्तविलका प्रोफेसर जाफ डलरले बताएका खबरमा उल्लेख छ ।

दक्षिण–पूर्वी मोरक्कोमा रहेको लाला लालिया मरुभूमिमा  बालुवा बनेका बालुवाका ढिस्को नौ सय मिटर अग्लो र तीन सय मिटर चौडा रहेका छन् । यो मरुभूमि बनेपछि झण्डै दुई सय वर्षसम्म यसको विकास भएको थिएन भने पछिल्ला केही हजार वर्षमा यो तीव्र गतिमा बढ्दै गएको बताइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट