Techie IT
  • २०८१ वैशाख २८, शुक्रबार

राष्ट्रका गौरव एरिका गुरुङ र समीक्षा गौतमलाई साउथवेस्टन स्टेट कलेजको सम्मान


काडमाडौं : काठमाडौंको बसुन्धरा स्थित साउथवेस्टन स्टेट कलेजले पौष २५ देखि माघ ९ गतेसम्म सञ्चालित खेलकुद सप्ताहमा विजयी विद्यार्थीहरुलाई सम्मान कार्यक्रम आयोजना गर्यो । उक्त कार्यक्रममा चीनमा सम्पन्न १९ औं एशियालि खेलकुदमा करातेतर्फ रजत पदक विजेता एरिका गुरुङलाई साउथवेस्टन स्टेट कलेजले नगाद रु पचाँस हजारबाट सम्मानित गरेको छ । कार्यक्रममा डिसेम्वर १५ देखि १७, २०२३, भारतमा आयोजना गरिएको नबौं साउथ एशियन गेममा करातेतर्फ स्वर्ण पदक विजेता साउथवेस्टन कलेजमा अध्ययनरत समीक्षा गौतमलाई रु दश हजार नगद साथै प्रसंशापत्रद्वारा सम्मानित गरेको छ । 


कार्यक्रममा क्याम्पस प्रमुख डा राजेन्द्र के सी ले साउथवेस्टन कलेजले एउटा संस्थाको मात्र नभै राष्ट्रको गौरव बढाउनसक्ने प्रतिभा उत्पादन गर्न कलेज सफल भएको बताउनुभयो । क्याम्पस प्रमुख डा. के सी ले युवाहरुलाई शैक्षिक ज्ञानले योग्यताको प्रमाणपत्र उपलब्ध गराउछ भने अतिरिक्त क्रियाकलाप र त्यस किसिमको क्षमताले जीवनमा सगर्व बाच्न सक्ने नागरिक तयार गर्ने  बताउनुभयो । आफूहरुलाई कलेजले यस किसिमको सम्मान गर्दा खेल जगतको सम्मान भएको सम्मानित खेलाडिहरुको भनाइ छ ।
उक्त कार्यक्रममा कलेजमा मंसिर र पौष महिनामा आयोजना गरिएको प्रिजेन्टेशन प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । सम्मानित व्यवस्थापन सङ्कायका हेमाङ्क अधिकारी र विज्ञान सङ्कायकी अविश्मा लामिछाने कलेजले विद्यार्थीहरुलाई सम्मानित गर्दा आफूलाई पढाइमा समेत हौसला मिलेको बताउँछन् ।

 


 


    

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट