Techie IT
  • २०८१ जेष्ठ ७, सोमबार

कोशीमा नवनियुक्त मुख्यमन्त्री कार्कीद्वारा शपथ, दुईजना बिनाविभागीय मन्त्री


काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हिजो शपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले उनलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । यसअघि हिजै प्रदेश प्रमुखले ५२ जना सांसदको हस्ताक्षर सनाखत गरेपछि कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

कार्कीलाई आफ्ना ३९ र माओवादी केन्द्रका १३ सांसदको साथ छ । शपथलगत्तै कार्कीले मन्त्रिपरिषद् गठन गरेका हुन् । एमालेबाट रामबहादुर रानामगर तथा माओवादीवाट गणेश उप्रेती बिनाविभागीय मन्त्री बनेका हुन् ।

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको नियुक्तिविरुद्द निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट