Techie IT
  • २०८१ वैशाख २७, बिहीबार

धनुषामा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु


फाइल तस्बिर

जकपुरधाम, २९ मंसिर । धनुषामा तीनजना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ। अन्य एकजना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका ८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका १ का ३० वर्षीय जयकुमार सहनी रहेका धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए।

उनका अनुसार मोटरसाइकलमै सवार जनकपुरधाम उपमहानगरपालिका १२ का सत्रुधन सहनी गम्भीर घाइते छन्। उनको जनकपुरमा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाकडौंको न्यूरो अस्पताल लगिएको छ।

आज बिहान करिब ३ बजे जनकपुरधामबाट ढल्केवरतर्फ जाँदै गरेको प्रदेश २–०२–००२ प ४०९२ नम्बरको मोरसाइकल लक्ष्मीनिया गाउँपालिका ४ सपही स्थित पुलभन्दा ५० मिटर उत्तरमा अनियन्त्रि भएर दुर्घटना भएको डिएसपी अवाले बताए। दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो। तीव्र गतिको कारण मोटरसाइकल दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट