Techie IT
  • २०८१ जेष्ठ ७, सोमबार

कोशीको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेश सभा संसदीय दलका नेता हिक्मतकुमार कार्की प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । आज ५२ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालयसमक्ष दाबी पेस गरेका कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

गए राति प्रदेश प्रमुखले ४८ घण्टाको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । आज बिहान एमालेका हिक्मत कार्कीले नेपालको संविधानको धारा १६८ ९५० अनुसार सरकार गठनका लागि बहुमत सदस्यहरूको समर्थनसहित दाबी पेस गरेका थिए । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले हिक्मतकुमार कार्कीका समर्थक सांसदलाई भौतिक रूपमै उपस्थित गराएर सनाखत गराएपछि मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

हिक्मत कार्की यसअघि पनि दुई पटक कोशीको मुख्यमन्त्री बनिसकेका छन् । यसअघि कोशी प्रदेश सभाको विशेष अधिवेशनले निवर्तमान मुख्यमन्त्री केदार कार्कीको सरकार अल्पमतमा परेको भन्दै विश्वासको मत लिन निर्देशन दिएको थियो । कार्कीले विश्वासको मत लिन अस्वीकार गरेका छन् । बरु असंवैधानिक तरिकाले आफूलाई हटाएर नयाँ सरकार गठनको आह्वान गरेको भन्दै केदार कार्कीले सर्वोच्चमा रिट दिने तयारी गरेका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट