Techie IT
  • २०८१ वैशाख २७, बिहीबार

सुर्तीजन्य पदार्थ बेचे पसल नै बन्द गर्ने काठमाण्डौ महानगरको चेतावनी


काठमाण्डौं, २७ मंसिर । काठमाण्डौ महानगरपालिकाले भोलि बिहीवारदेखि महानगरभित्र सुर्तीजन्य पदार्थको बेचबिखनमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ । महानगरले ३२ वटै वडामा प्लास्टिक वा बट्टामा प्याकिङ गरिएका सुर्ती, कच्चा सुर्ती, खैनी, गुड्का वा यस्तै प्रकारका सुर्तीजन्य पदार्थको बेचबिखन तथा चुरोट, बिडी, सुल्फा जस्ता धुमपान सार्वजनिक स्थलको एक सय मिटर वरिपरि बेच्न र खान प्रतिबन्ध गरेको छ ।

आज बुधवार पत्रकार सम्मेलन गरी महानगरका प्रवक्ता नवीन मानन्धरले सबै पसलमा अनुगमन गर्ने र अनुगमनका क्रममा सुर्तीजन्य पदार्थ भेटिए दुई पटकसम्म जफत र तेस्रो पटक पनि भेटिएमा पसल नै बन्द गर्ने चेतावनी दिए । अनुगमनका लागि महानगरले महानगरका चार वटा क्षेत्रमा १० जना गरी पहिलो चरणमा ५० जना नगर प्रहरी र सादा पोसाकका प्रहरी परिचालन गर्नेछ । सार्वजनिक ठाउँमा धुमपान गरेको पाइए त्यहाँबाट बाहिर निकाल्ने र सय रुपैयाँसम्म जरिबाना गराउने प्रवक्ता मानन्धरले बताए । कसैले बिक्री गरेको देखे नगर प्रहरीमार्फत त्यस्ता किसिमका सामग्री जफत गरी कारबाही हुने जनाइएको छ ।

महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार स्वस्थ्य सहर निर्माणको अभियानमा महानगरपालिका रहेको छ । सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा पारिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको उनको भनाइ छ । रोग लागिसकेपछि लाखौँ रुपैयाँ खर्च गर्नुको साटो रोगै लाग्न नदिनु उत्तम भएकाले महानगरले यो नियम कडाइका साथ लागू गर्ने महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख पौडेलको दाबी छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट