Techie IT
  • २०८१ वैशाख २९, शनिबार

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु


काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ ।

दोलखाको भिमेश्वर नगरपालिका–७ देउरालीमा बा।२१ च ८२६८ नम्बरको बलेरो अन्यन्त्रित भई पार्किङ गरी राखेको बा।प्र०२०४६ प ५९८१ नम्बरको मोटरसाइकलमा ठक्कर खाई सडकबाट करिब ३० मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा  बलेरोमा सवार मेलुङ गाउँपालिका–७ सिस्नेरी बस्ने २५ वर्षीय सुजन मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चरिकोट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवार अन्य ११ जना मध्ये ७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ४ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।

यता तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा ग.१ ख २९४१ नम्बरको गाडी र लु.४६ प ४५५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ५५ वर्षीय गंगा बहादुर बरालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै झापाको कन्काई नगरपालिका–८ बिरिङ पुलस्थित सडकमा को।१ च ७८३९ नम्बरको स्कारपियो र मे।१० प १६६९ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १८ वर्षीय अनिल मडीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणामा लिएको छ ।

सुनसरीको दुहबी नगरपालिका–७ र ११ को सिमानामा रहेको धनुसना खोलास्थित सडकमा को ३८ प ५८८४  नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई करिब १५ फिट तल खोलामा खसेर शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-७ बस्ने २१ वर्षीय निराजन चौधरीको मृत्यु भएको छ । दुर्घटनमा गम्भीर घाइते भएका उनको बिराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट