Techie IT
  • २०८१ वैशाख २५, मंगलबार

स्वास्थ्यकर्मीलाई सुरक्षा दिन सरकार तयार छ : गृह सचिव भट्टराई


काठमाडौं । गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सुरक्षित वातावरणमा काम गराउन गृह प्रशासन तयार रहेको बताएका छन् ।

आज शुक्रवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा गृह सचिव भट्टराईले स्वास्थ्यकर्मीलाई पूर्णरूपमा सुरक्षित तुल्याउन सुरक्षा प्रशासन तयार रहेको बताएका हुन् । उनले चिकित्सकहरूमाथि विभिन्न ठाउँमा आक्रमण भएको भन्दै घटनामा संलग्न दोषीलाई कारबाही गर्ने प्रतिबद्धता पनि जनाए ।

उनले भने, ‘स्वास्थ्यकर्मीहरूलाई पूर्णरूपमा सुरक्षित तुल्याउन सुरक्षा प्रशासन तयार छ । गृह मन्त्रालय सुरक्षा व्यवस्था गर्न तयार छ । वार्ता, संवाद्वारा हुनसक्ने दीर्घकालीन नीतिगत र संरचनागत प्रबन्धद्वारा हुने विषयलाई सडकमा आएर सेवा अवरुद्ध गर्न जरुरी छैन । उहाँहरू सडकमा आएको ६–८ घण्टाभित्र तपाईँहरूले राखेको बटमलाइन कार्यान्वयनमा गएको छ ।’

बैठकमा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. अनिलविक्रम कार्कीले स्वास्थ्यकर्मीसम्बन्धी ऐन अपूरो भएको बताए । उनले चिकित्सकहरूमाथि दिनहुँ हातपात भएको भन्दै राजनीतिक दलको दृढ सङ्कल्प अहिलेको आवश्यकता रहेको उल्लेख गरे । स्वास्थ्यका समस्याहरू सम्बोधन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पठाएका फाइलहरू अर्थ मन्त्रालयमा चाङ लागेर बसेको उनले गुनासो गरे ।

अध्यक्ष कार्कीले स्वास्थ्यकर्मीहरूको दरबन्दी नथपिने, चिकित्सकहरूले अतिरिक्त समय काम गरेको भत्ता नपाउने, चिकित्सकहरूले कति घण्टा काम गर्ने भन्ने नतोकिएको लगायतका समस्या रहेको बताए । उनले हरेक घटनामा डाक्टरलाई कुटिने गरिएको भन्दै लापर्बाही भन्ने शब्द परिवर्तन हुनुपर्ने बताए । उनले ‘मेडिकल प्राक्टिस’ शतप्रतिशत नहुने बताए ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट