Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

रास्वपा संसदीय दलको बैठक आज


काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्ने भएको छ । आज बिहान ८ बजे सिंहदरबारमा बस्ने गरी संसदीय दलको बैठक आह्वान भएको सहमहामन्त्री मनीष झाले जानकारी दिए ।

२८ वैशाखबाट बस्ने संसद् बैठकको तयारीका लागि संसदीय दलको बैठक बस्न लागेको झाले जानकारी दिए । गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको विषयमा संसदीय छानबिन समिति बन्नुपर्ने माग नेपाली कांग्रेसले उठाइरहेको छ ।

पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदीय छानबिन समिति बनाउन सकारात्मक देखिएका छन् । सहकारीमा देखिएको समग्र संकटमा छानबिन गर्ने गरी समिति बनाउने पक्षमा प्रधानमन्त्री छन् । यस विषयमा पनि रास्वपा बैठकमा छलफल हुने बताइएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट