Techie IT
  • २०८१ वैशाख १४, शुक्रबार

चन्द्रमाका १० रोचक तथ्य, जो धेरैलाई थाहा छैन


भारतीय अन्तरीक्ष एजेन्सी इसरोको चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेर विश्व कीर्तिमान कायम गरेको छ । साथै चन्द्रमामा पुग्ने भारत विश्वको चौथो देशसमेत बनेको छ । चन्द्रयान–३ ले चन्द्रमाको थप अनुसन्धान गरेर नवीन तथ्यहरु सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

पृथ्वीको एकमात्र प्राकृतिक उपग्रह चन्द्रमा एक प्रकारले रहस्यले भरिएको छ । यसका विभिन्न पहलुहरु छन्, जसका बारेमा वैज्ञानिकहरुले खोज अनुसन्धान गरिरहेका छन् ।

चन्द्रमाबारे पत्ता लागेका १० रोचक तथ्य यस्ता छन्:

१. गोलो छैन चन्द्रमा : पूर्णिमाको रातमा चन्द्रमा पूर्णरुपमा गोलाकार देखिन्छ । तर वास्तवमा एक उपग्रहको रुपमा चन्द्रमा पूर्णरुपमा गोलो नभई अण्डाकार छ । यस्तोमा जब तपाईं चन्द्रमातर्फ हेर्नुहुन्छ यसको केहीमात्रै हिस्सा देखिन्छ । चन्द्रमा गोलो नभएका कारणले यसको भार पनि उसको ज्यामितीय केन्द्रमा छैन । यो आफ्नो जामितीय केन्द्रबाट १.२ माइल टाढा छ ।

२. कहिल्यै पूरा देखिँदैन चन्द्रमा : चन्द्रमा जति नै देखिए पनि त्यसको अधिकतम ५९ प्रतिशत भागमात्रै पृथ्वीबाट देखिन्छ । यसको ४१ प्रतिशत भाग पृथ्वीबाट देखिँदैन । यदि तपाईं चन्द्रमामा गएर त्यो ४१ प्रतिशत भूभागवाला हिस्सामा उभिनुभयो भने त्यहाँबाट पृथ्वी देखिँदैन ।

३. ज्वालामुखी विस्फोटन र ब्लू मूनबीच सम्बन्ध : चन्द्रमासँग सम्बन्धित ब्लू मून शव्द सन् १८८३ मा इण्डोनेसियाको क्राकातोआ टापुमा भएको ज्वालामुखी विस्फोटनपछि प्रयोगमा आएको हो । यसलाई पृथ्वीको इतिहासको सबैभन्दा भीषण ज्वालामुखी भनिन्छ । उक्त विस्फोटनको आवाज पश्चिमी अष्ट्रेलियास्थित पर्थ सहर तथा मौरिसससम्मै सुनिएको बताइन्छ । सो ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा यति धेरै खरानी फैलियो कि रातमा चन्द्रमा पनि निलो देखिन थाल्यो । त्यसबाटै ‘ब्लू मून’ अर्थात् नीलो चन्द्रमा शव्द प्रचलनमा आयो ।

४.चन्द्रमामा ज्वालामुखी विस्फोटन : एक समय यस्तो पनि थियो जब अमेरिकाले चन्द्रमामा परमाणु हतियार प्रयोगका बारेमा गम्भीरतापूर्वक विचार गरिरहेको थियो । उसको उद्देश्य सोभियत संघलाई अमेरिकी सैन्य शक्तिका बारेमा जानकारी दिनु थियो ताकि सोभियत संघलाई दबाब दिन सकियोस् । सो गोप्य परियोजनाको नाम ‘अ स्टडी अफ लूनार रिसर्च फ्लाइट्स’ अर्थात् ‘प्रोजेक्ट ए ११९’ थियो ।

५. चन्द्रमामा गहिरा खाडल : वैज्ञानिकहरुका अनुसार चन्द्रमामा हावा छैन । साथै त्यहाँ ठूला खाडलहरु छन् । वैज्ञानिकहरुका अनुसार ‘इम्प्याक्ट क्रेटर’ नामक भिमकाय खाडल चार अर्ब वर्ष पहिले आकाशीय पिण्डहरुको टक्करका कारण सिर्जना भएको थियो ।

६.पृथ्वीको गतिलाई कम गर्दैछ चन्द्रमा : चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक भएको अवस्थालाई पेरिग्री भनिन्छ । त्यसक्रममा ज्वारभाटाको स्तर पनि सामान्य भन्दा अधिक हुनछ । त्यसक्रममा चन्द्रमाले पृथ्वीको परिक्रमण शक्तिलाई पनि कम गर्दछ । जसका कारणले नै पृथ्वी हरेक एक शताब्दीमा १।५ मिलिसेकेण्डले सुस्त बन्दै गएको छ ।

७. चन्द्रमाको प्रकाश : पूर्णिमाको चन्द्रमाको तुलनामा सूर्य १४ गुणा धेरै चम्किलो हुन्छ । त्यस्तै एउटा सूर्यले दिने बराबरको प्रकाश प्राप्त गर्नका लागि ३ लाख ९८ हजार ११० वटा पूर्ण चन्द्रमा आवश्यक पर्दछ । चन्द्रग्रहण लागेर चन्द्रमामा पृथ्वीको छायाँ पर्दा चन्द्रमाको सतहको तापक्रम निकै तल झर्दछ । यो प्रक्रियामा ९० मिनेटभन्दा पनि कम समय लाग्दछ ।

८. लियोनार्दो दा भिन्चीको खोज : कहिलेकाहीँ चन्द्रमा एउटा आधा औँठीजस्तो पनि देखिन्छ । यसलाई अर्धचन्द्र वा बालचन्द्र पनि भनिन्छ । त्यसबेला चन्द्रमामा सूर्यजस्तै केही चमक देख्न सकिन्छ । चन्द्रमाको अरु हिस्सा कमै देखिन्छ । यतिसम्म कि यसलाई नगन्य मान्न सकिन्छ र केही देखिने कुरा पनि मौसममा निर्भर गर्दछ । ज्ञान इतिहासमा लियोनार्दो दा भिन्चीले नै चन्द्रकलाको विषयमा पत्ता लगाएका थिए । चन्द्रमा खुम्चिने र फैलिने गरेको नभई यसको केही हिस्सामा केबल हाम्रो नजरबाट ओझेल हुने गरेको उनले पत्ता लगाएका थिए ।

९. चन्द्रमाका खाडलको नाम कसले तय गर्दछ ? : अन्तराष्ट्रिय खगोलविज्ञान संघले केवल चन्द्रमाका खाडलमात्रै होइन कुनै पनि अन्य खगोलीय चिजहरुको नामकरण गर्दछ । चन्द्रमामा विस्फोटबाट बनेका खाडल अर्थात् क्रेटरहरुको नाम चीर परिचित वैज्ञानिक, कलाकार तथा अन्वेषकहरुको नामबाट राखिएको हुनछ ।

एपोलो क्रेटर तथा मेयर मस्कोभिन्स नजिकको क्रेटरका नाम अमेरिकी तथा रुसी अन्तरीक्षयात्रीहरुको नामबाट राखिएको छ । मेयर मस्कोभिन्स चन्द्रमाको त्यो क्षेत्र हो जसलाई चन्द्रमाको सागरीय क्षेत्र भनिन्छ । वास्तवमा चन्द्रमाका यस्ता धेरै तथ्यहरु छन् जसका बारेमा मानिसलाई थाहा नै छैन । एरिजोनास्थित लवेल अब्जरभेटरी अफ फ्लागस्टफले सन् १९८८ मा चन्द्रमाको बारेमा एक सर्भेक्षण गरेको थियो । त्यसमा सहभागी भएकामध्ये १३ प्रतिशतले आफूलाई चन्द्रमा चिजबाट बनेको जस्तो लाग्ने जवाफ दिएका थिए ।

१०. रहस्यमय दक्षिणी ध्रुव : चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्र जहाँ भारतको चन्द्रयान–३ अवतरण गरेको छ, त्यसलाई निकै रहस्यमय मानिन्छ । सो क्षेत्रमा निकै गहिरा खाडलका साथै अग्ला पहाड पनि छन् । जसको छायाँ परेको जमिनमा अर्बौ वर्षदेखि सूर्यको प्रकाश पुगेको छैन । बीबीसीबाट
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट