Techie IT
  • २०८१ वैशाख २७, बिहीबार

जनै चुडाल्ने आन्दोलनको अर्थ


जनैलाई जातीय विभेदको प्रतिक मानेका जयप्रकाश नारायणले सन् १९७४ मा आफ्नै गाउँको एउटा सभाबाट सामूहिक रूपमा जनै छिनाल्दै दक्षिण एसियामा रहेको जातीय प्रथालाई नमान्ने संकल्प गरेका थिए। उनले भारतको स्वतन्त्रका लागि ‘भारत छोडो आन्दोलन’देखि लिएर विभिन्न चरणमा भएका विद्यार्थी आन्दोलनलाई समर्थन गरेका थिए। आफ्नै गाउँको पिपलको बोटमुन्तिर उनले थालेको अभियानमा १० हजार मान्छेले जनै चुँडालेका थिए। अंग्रेजविरुद्धको आन्दोलन र भारत स्वतन्त्रतापछि व्यवस्था परिवर्तनका लागि अनेकौँ भारतीय संघर्षहरूमा अबिराम लड्ने योद्धाको नाम हो जयप्रकाश नारायण। उनी स्वयंले समाजमा भएका विभेदहरूको अन्त्यका लागि पनि अनेकौँ आन्दोलन चलाएका थिए। त्यसमध्येको एउटा प्रमुख आन्दोलनको नाम थियो हो ‘जनै तोड आन्दोलन।’ जनैलाई जातीय विभेदको प्रतिक मानेका उनले सन् १९७४ मा आफ्नै गाउँको एउटा सभाबाट सामूहिक रूपमा जनै छिनाल्दै दक्षिण एसियामा रहेको जातीय प्रथालाई नमान्ने संकल्प गरेका थिए। उनले भारतको स्वतन्त्रका लागि ‘भारत छोडो आन्दोलन’देखि लिएर विभिन्न चरणमा भएका विद्यार्थी आन्दोलनलाई समर्थन गरेका थिए। 

आफ्नै गाउँको पिपलको बोटमुन्तिर उनले थालेको अभियानमा १० हजार मान्छेले जनै चुँडालेका थिए। बिहारको सिताब दियारामा जन्मेका उनले चम्बरका चार सय डाँकुहरूको आत्मसमर्पण, बिहारमा अराजक सत्ता व्यवस्था, कुशिक्षा, अपराध र अराजकताविरुद्ध ऐतिहासिक छात्र आन्दोलन, ‘व्यवस्था परिवर्तनका लागि सम्पूर्ण क्रान्ति’को आह्वानदेखि लिएर केन्द्रमा इन्दिरा गान्धीको तत्कालिन सरकारलाई सत्ताबाट हटाएर लोकतन्त्रको बहालीलगायतका अनेकौँ एजेण्डा र अभियानमा जयप्रकाश नारायणले सत्याग्रही भूमिका निर्वाह गरेका थिए। स्वतन्त्रता आन्दोलनमा सक्रिय रूपमा सहभागी हुने क्रममा नारायण झारखण्डस्थित हजारीबागको १७ फिट अग्लो जेलको पर्खाल नाघेर भागेका थिए। सम्पूर्ण क्रान्ति आन्दोलन डिसेम्बर १९७३ मा जेपीले ‘युथ फर डेमोक्रोसी’ नामक संगठन बनाए र देशभरका युवाहरूलाई लोकतन्त्रको रक्षा गर्नका लागि अगाडि आउन आह्वान गरे। गुजरातका विद्यार्थीले सन् १९७४ मा चिमनभाई पटेलको भ्रष्ट सरकारका विरुद्ध आन्दोलन गरिरहेका बेला जेपी त्यहाँ गएर नवनिर्माण आन्दोलको समर्थन गरे। उनले मार्च १९७४ मा पटनामा छात्रा आन्दोलनको सुरुवात गरे। शान्तिपूर्ण र लोकतान्त्रिक आन्दोलन गर्ने शर्तमा जेपीले बिहारमा आन्दोलनको नेतृत्व स्वीकार गरेका थिए। यही बिहार आन्दोलन पछि ‘सम्पूर्ण क्रान्ति’ आन्दोलनमा बदलिएको थियो। बिहारमा सुरु भएको विद्यार्थी आन्दोलन नागरिकमा भएको असन्तोष र आक्रोशको परिणति थियो। उतिखेर शैक्षिक स्तरमा गिरावट, महंगी, शासकीय अराजकता र राजनीतिमा बढ्दो अपराधीकरणजस्ता समस्याका कारण आम नागरिक निराश र आक्रोशित थिए। यस्तो स्थितिमा विद्यार्थी तथा युवा आन्दोलन एक स्वभाविक घटना थियो। पटनामा १८ मार्च १९७४ मा सुरु भएको आन्दोलनको प्रभाव पूरै देशभर पर्न गयो। बिहार आन्दोलनको नायक बनेका सर्वोदयी नेता जयप्रकाश नारायणलाई नागरिकको समस्यालाई लिएर सुरु भएको विद्यार्थी आन्दोलन देशव्यापी बन्नेमा कुने अपेक्षा थिएन। इन्दिरा गान्धीसँगको टकराव आन्दोलनमा सहभागी विपक्षीहरूले तत्कालिन् प्रधामन्त्री इन्दिरा गान्धीको राजीनामा मागे। जेपीले विपक्षीको यस मागको समर्थन गरे। देशमा सरकारविरोधी माहौल बन्यो र इन्धिरा गान्धीलाई सत्तामा रहन मुश्किल बन्दै गयो। चंद्रशेखर, मोहन धारिया, हेमवती नन्दन बहुगुणा, जगजीवन राम, रामधन र रामकृष्ण हेगडेजस्ता नेताहरूले कांग्रेससँग अलग भएर जेपीको समर्थनमा आएपछि इन्दिरा गान्धी नराम्रोसँग आक्रोशित भइन्। यी घटनाबाट असुरक्षित महशुस गरिरहेकी इन्दिरा गान्धीले देशमा रातारात संकटकाल घोषणा गरिन्। देशभर सेन्सरसिप लागु गरिन् र जेपीसहित सैयौँ नेताहरूलाई पक्राउ गरेर जेल चलान गरिदिइन्। त्यतिखेर सञ्चारमाध्यमको मुख बन्द गरिदिएको थियो र प्रहरीलाई स्वतन्त्र छोडिएको थियो। संकटकालको विरोध नहोस् भनेर लाखौं कार्यकर्तालाई जेलमा थुनिएको थियो। त्यसको १९ महिनापछि जनवरी १९७७ मा इन्दिरा गान्धीले आम चुनावको घोषणा गरिन्। त्यतिखेर जेपीको मृगौलामा समस्या देखिएको थियो। तर डायलसिसकै क्रममा हुँदाकै अवस्थामा समेत बावजुद उनले चुनावको चुनौती स्वीकार गरे। यस चुनावमा उत्तर भारतदेखि कांग्रेस पत्तासाफ भयो। इन्दिरा र सञ्जय गान्धीले चुनाव हारे। जेपीको नैतिक शक्ति र स्वतन्त्रता संग्राममा उनले गरेको योगदानले नै इन्दिरा र उनको राज्य शक्तिलाई पराजित गर्ने ऐतिहासिक अवसर जुटेको थियो। जनै तोड आन्दोलन १० हजार मानिसहरूले आफ्नो जनै चुँडाल्दै जातीय प्रथालाई नमान्ने संकल्प गरेको त्यसबेलाको अजिबको माहोलको वर्णन गर्दै सिताब दियारा निवासी अजब नारायण सिंह भन्छन्, ‘त्यस समयको माहोल नै अर्कै थियो। गाउँ जवारका मानिसहरूका मनमा देशभक्ति र क्रान्तिको भावना भरिएको थियो। सिताब दियाराको चैन छपरामा विशाल सभा भएको थियो। सिताब दियारामा छात्र संघर्ष समितिको गठन भएको थियो धेरै मानिस हिँडेरै जेपीको आन्दोलनमा भाग लिनका लागि पटना गएका थिए।’ नजिकैको स्टेसन बकुल्हाका संरचनाहरू उखेल्ने काम पनि जेपीको गाउँका मानिसहरूले गरेका थिए। यस घटनाको साक्षीमध्ये एक चन्द्रशेखर सिंह पनि हुन्। उनी भन्छन्, ‘त्यस समय जातीय भेदभावको अन्त्य गर्नका लागि व्यापक संघर्ष भएको थियो। सबै मानिस आएका थिए। एउटा लहर चलेको थियो।’ अझै पनि ‘ठूलो जात’ र ‘सानो जात’को आधारमा दक्षिण एसियामा कहालिलाग्दो विभेद रहेको अवस्थामा जयप्रकाश नारायणको जनै चुँड्ने आन्दोलनको ठूलो अर्थ छ। सत्ता परिवर्तनपछिको निरासा देशमा जनतन्त्रपछि फस्टाएको तानाशाहीको विरोधमा ७५ वर्षीय यी वृद्धा उभिएका थिए। सन् १९७७ मा सत्ता परिवर्तन भएपछि उनकै मर्जीको सरकार बन्यो। जेपीले आफ्ना अनुयायीले सम्पूर्ण क्रान्तिको सपनाको साकार गरुन् भन्ने चाहेका थिए। तर नयाँ शासकहरूले उनको जीवनमा पनि त्यही खेल सुरु गरिदिए। त्यसबेलासम्म त जेपी केही गर्ने स्थितिमा पनि थिएनन्। उनी पूरै निराश भइसकेका थिए। उनी ८ अक्टोबर १९७९ मा बिदा भए।

एजेन्सीको सहयोगमा मेनुका बस्नेतको अनुवाद।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट