Techie IT
  • २०८१ वैशाख १७, सोमबार

युक्रेनको राजधानी कीएभमा फेरि रुसको आक्रमण, पोल्याण्ड हाई अलर्टमा


कीएभ । रुसले युक्रेनको राजधानी कीएभमा फेरि एकपटक आक्रमण गरेको छ । रुसी सेनाले कीएभमा शृङ्खलाबद्ध हवाई हमला गरेको हो । युक्रेनले पूरै देशमा अलर्ट जारी गरेको छ ।

आक्रमणको बिचमा, कीएभमा बसोबास गर्ने युक्रेनीहरू शरण लिन मेट्रो स्टेशनतिर दौडिरहेको देखियो। युक्रेनको छिमेकी राष्ट्र पोल्याण्डले पनि आफ्नो वायुसेना अलर्ट अवस्थामा राखेको छ ।  आफ्नो सिमानामा रहेको युक्रेनी सहर लभीभमा रुसी हवाई हमला गरेपछि पोल्याण्डले पनि आफ्नो हवाई क्षेत्रको निगरानी बढाएको छ ।

कीएभमा रूसी आक्रमण बिहान पाँच बजे सुरु भएको थियो । शुक्रबार पनि रुसले दर्जनौँ मिसाइल प्रहार गरेको थियो । जसका कारण युक्रेनको एउटा बाँधमा नराम्ररी क्षति पुगेको छ । बाँध भत्किँदा जलविद्युत केन्द्र बन्द भएको छ भने धेरै युक्रेनी क्षेत्रहरू अन्धकारमा डुबेका छन्।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट