Techie IT
  • २०८१ वैशाख २२, शनिबार

रूस र युक्रेनबीच युद्धका कारण विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति


रूस र युक्रेन कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित भएका बालबालिकालाई आदानप्रदान गर्न सहमत भएका छन् । पहिलो पटक ‘प्रत्यक्ष वार्ता’ को ढाँचामा युक्रेनी पक्षसँग वार्ता गरेर  युद्धका क्रममा विस्थापित बनेका ५० जना बालबालिकामध्ये केहीलाई युक्रेन र केही बालबालिकालाई रूस लाने सहमति भएको मस्कोले जनाएको छ । यसअघि मस्कोले युक्रेनी बालबालिकालाई रूसी भूमिमा जबर्जस्ती प्रवेश गराएको आरोप लागेको थियो ।

सन् २०२२ मा आक्रमण शुरु भएयता रूसले आफ्ना १९ हजारभन्दा धेरै बालबालिकालाई गैरकानुनी रूपमा लगेको र त्यसमध्ये ४ सयभन्दा कमलाई मात्र  फिर्ता गरेको युक्रेनले जनाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । तर मस्कोले आरोप अस्वीकार गर्दै बालबालिकाको सुरक्षाका लागि लडाकु क्षेत्रबाट अन्यत्र स्थानान्तरण गरेको जनाएको छ ।

युक्रेनमा युद्ध शुरु भएदेखि बालबालिकाको भविष्य अत्यन्त संवेदनशील बनेको खबरमा उल्लेख छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट