Techie IT
  • २०८१ वैशाख १५, शनिबार

उड्ने कार बनाएको स्लोभाकियाली कम्पनी चीनको एउटा निजी कम्पनीले किन्यो


स्लोभाकियामा उड्ने कार निर्माण गरेको एक कम्पनीको प्रविधि र निर्माण अधिकार चिनियाँ कम्पनीले किनेको छ । स्लोभाकियामा उड्ने कार अर्थात् एयर कारको प्रविधि विकास गरेको कम्पनी क्लेनभिजनले आफ्नो प्रविधि र कार निर्माण गर्ने अधिकार चीनलाई बेचेको बीबीसीले जनाएको छ ।

बीएमडब्ल्यू इन्जिन र सामान्य ईन्धनद्वारा संचालित एयरकारले सन २०२१ मा दुईवटा स्लोभाकियाली एयरपोटबीच ३५ मिनेटसम्म उडान गरेको थियो । कारबाट विमानमा रूपान्तरण गर्न दुई मिनेटभन्दा केही धेरै समय लागेको थियो । तर अब यसको प्रविधि र निर्माणको अधिकार चीनको हेबेई जियानक्सिन फ्लाइङ कार टेक्नोलोजी कम्पनीलाई बेचेको क्लेनभिजन सह–संस्थापक एन्टोन जाजाकले बताउनुभएको छ ।

क्लेनभिजनले यो प्रविधि कति मूल्यमा बेचेको भनेर बताउन अस्वीकार गरेको छ । जियानक्सिन फ्लाइङ कार टेक्नोलोजी कम्पनीले आफ्नै विमानस्थल समेत बनाइसकेको खबरमा उल्लेख छ । विद्युतीय गाडी उत्पादनमा विश्वकै पहिलो नम्बरमा पुगेको चीनले अहिले उडान क्षेत्रमा विशेष लगानी र ध्यान दिइरहेको छ ।

गएको महिना अटोफ्लाइट नामक कम्पनीले शेन्जेन र झुहाई शहरबीच यात्रु बोक्ने ड्रोनको परीक्षण उडान गरेको थियो । उड्ने कारलाई साना धावनमार्ग आवश्यक हुने भएपनि ड्रोनलाई भने धावनमार्ग आवश्यक पर्दैन ।

गएको वर्ष नै चिनियाँ कम्पनी एहाङलाई सरकारले विद्युतीय उड्ने ट्याक्सीका लागि सुरक्षा प्रमाणपत्र प्रदान गरेको थियो । चीनमा सन् २०२८ सम्ममा उड्ने ट्याक्सी आकाशको नियमित यात्रा बन्न सक्ने खबरमा उल्लेख छ ।

 


 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट