Techie IT
  • २०८१ वैशाख १५, शनिबार

शेयर बजारमा सामान्य सुधार


काठमाडौं । साताको अन्तिम कारोबार शेयरबजारमा सामान्य सुधार आएको छ ।  हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको हो । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ७८ अङ्कले बढेर दुई हजार ३५ दशमलव ६४ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, होटल तथा पर्यटन, माइक्रोफाइनान्स, निर्जीवन बीमा, व्यापारबाहेक अरू समूहको शेयर बढेको छ । आज उत्पादन तथा प्रशोधन समूहको शेयर सबैभन्दा धेरै एक सय ७० अङ्कभन्दा धेरैले उकालो लागेको छ ।

आज हिमालय ऊर्जा विकास कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन उन्नति सहकार्य लघुवित्त र धौलागिरि लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

आज ६६ लाख १४ हजार कित्ता शेयर दुई अर्ब ६५ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सर्वोत्तम सिमेन्टको १९ करोड ३७ लाख रुपैयाँको शेयर किनबेच भयो ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट