Techie IT
  • २०८१ वैशाख १६, आइतबार

चिनियाँ व्यवसायीद्वारा एक लाख किलो चिया अर्डर


काठमाडौं । चिनियाँ चिया व्यवसायीले इलामका विभिन्न चिया उद्योगमा एक लाख किलोभन्दा धेरै चिया अर्डर गरेका छन् । केही दिनअघि अनुगमन तथा भ्रमणका लागि आएका चिनियाँ व्यवसायीले चिया बगान र उद्योगको भ्रमणपछि चिया अर्डर गरेका हुन् । इलाम नगरपालिका र इलाम उद्योग वाणिज्य सङ्घसँगको पहलमा चिनियाँ चिया व्यवसायी नेपाल आएका थिए ।

चिनियाँ व्यवसायी र यहाँका चिया व्यवसायी तथा किसानबीच चिया खरिद, चीनमा चिया निर्यातको सम्भावनालगायतका विषयमा छलफल भएको चिया व्यवसायी चिरन दाहालले बताए । चिनियाँ व्यवसायीले देउमाई र इलाम नगरपालिकाका विभिन्न चिया उद्योग र चिया किसानसँग भेटघाट गरेका थिए ।

चियाको पहिलो टिपाइ शुरु हुनै लाग्दा चीनबाट आएको व्यवसायीको टोलीले अवलोकनपछि चिया अर्डर गरेपछि नयाँ उत्साह प्राप्त भएको उद्योग वाणिज्य सङ्घ इलामका अध्यक्ष चेतनाथ पौडेल कृष्णले बताए ।

नेपालमा उत्पादन भएको चिया ८० प्रतिशत भारतमा निर्यात हुने गरेकोमा अब चीनमा पनि निर्यात हुने आश पलाएको छ ।    

 


 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट