Techie IT
  • २०८१ वैशाख १५, शनिबार

सुनको भाउ हालसम्मकै उच्च, एकैदिन बढ्यो २ हजार ६ सय


फाइल तस्बिर

काठमाडौं । सुनको भाउ हालसम्मकै उच्च भएको छ । बिहीबार ९ दिन अगाडीको उच्च भाउको रेकर्ड ब्रेक गरेर एकै दिन मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेको हो । बिहीबार तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँ सुनको भाउ निर्धारण भएको नेपला सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन बुधबार १ लाख २५ हजार २ सय रुपैयाँ थियो ।

फागुन २९ गते सुनको भाउले तोलामा १ लाख २६ हजार रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएकोमा सो रेकर्ड ९ दिनमै तोडिएको हो । चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ । अघिल्लो दिन तोलाको १ हजार ५२० रुपैयाँ रहेको चाँदी बिहीबार १ हजार ५५५ कायम भएको छ ।

पछिल्लो समय अन्तराष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दो क्रममा छ । नेपालमा पनि सुनको भाउ अन्तराष्ट्रिय बजारमा हुने घटबढ्को आधारमा नै निर्धारण हुन्छ यसले गर्दा नेपालमा पनि सुनको भाउ लगातार बढीरहेको छ ।

रसिया युक्रेन युद्ध चलिरहँदा फ्रान्सले युक्रेन रमाना गर्न २००० संख्याको सैनिक तयारी गरेको रसियन सरकारको भनाईसँगै विश्वयुद्धतर्फ मोडिने आंकलनका बीच सुनको भाउ बढ्न पुगेको हो । यसको अलावा लाल सागरमा हुथी बिद्रोहीहरुले कार्वाही निरन्तर राख्दै आएको र पछिल्लो समय हुथीहरुले २५००कि.मी. भन्दा टाढा इजरेलमा क्रुज मिसाइल प्रहारगरेसँगै मध्यपूर्वमा युद्ध थप भड्कीने आंकलन भएको छ । 
 

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट