Techie IT
  • २०८१ वैशाख २७, बिहीबार

पुरानो बिस्थापित नगरी नयाँ स्थापित हुन सक्तैन


हाम्रो समाजको समाजिक  रुपान्तरण किन  कठिन भैरहेको छ। परिवर्तन हुँदै नभएको होइन । तर जसरी राजनीतिक व्यवस्था परिवर्तन भयो त्यसरी सामाजिक आर्थिक परिवर्तन किन हुन सकेन ?
समाजलाई परिवर्तन गर्छु भनेर आफ्नो जीवन समेत दाउमा राखेर लडेका नेताहरू समाज परिवर्तन गर्न किन असफल भए ? र उनीहरूनै किन पुरानो समाज जस्तै हुदै गए भन्ने गम्भीर प्रश्न अहिले परिवर्तन चाहने हरेक नागरिकको दिमागमा चलिरहेको छ।

परिवर्तन सबैभन्दा पहिले आफ्नो दिमाग बाट सुरु हुनु पर्छ। तर त्यसको प्रक्रिया भने सजिलो छैन । निरन्तरको चिन्तन, खोज, अध्ययनले र जिज्ञासाले नयाँ कुराको माग गर्दछ। पुरानो चलिरहेको बिचार त्यसमा बाधक बन्नेछ। तर पनि उत्कट जिग्याशा, प्रश्न र उत्तरको खोजी अनि परिवर्तनको चाहनाले नयाँ ठाउँमा जाने बाटो निर्देशित गरिरहन्छ। त्यसपछि बल्ल ऊ नयाँ मार्ग देख्न सफल हुन्छ।
अहिले हामीलाई बिश्वास गर्न गार्हो छ। हामी पनि चार खुट्टे पशु थियौँ भन्ने कुरा। हामी मध्ये धेरैले यो कुरा पढेका हौँ । तर पनि त्यो हामीले पढ्नका लागि मात्र पढ्यौ। तर हामीले त्यसलाई आत्मसात गर्न सकेनौं। हामी भित्र जरा गाडेर बसेको पुरानो शोचले त्यसमा प्रश्न गरेर उत्तर खोज्ने कोशिस नै गरेनौँ ।

अहिले हामी मध्ये धेरैले यो संसार सहित ब्रम्हाण्डको श्रृष्टि इश्वरले नै गरेको हो वा यो ब्रम्हाण्ड बन्नुमा कुनै न कुनै रुपमा इश्वरको हात छ भन्ने लाग्छ । आफ्नो भाग्यमा जे लेखिएको छ त्यो भएरै छोड्छ र भाग्यमा नभएको कुरा खोजेर पाइदैन भन्ने कुरामा विश्वास गर्छौँ । हाम्रो यस्तो विचारले  बैज्ञानिक शोचलाई निषेध गरिरहेको छ। नयाँ कुरालाई निषेध गरिरहेको छ

अहिले हामी मध्ये धेरैले यो संसार सहित ब्रम्हाण्डको श्रृष्टि इश्वरले नै गरेको हो वा यो ब्रम्हाण्ड बन्नुमा कुनै न कुनै रुपमा इश्वरको हात छ भन्ने लाग्छ । आफ्नो भाग्यमा जे लेखिएको छ त्यो भएरै छोड्छ र भाग्यमा नभएको कुरा खोजेर पाइदैन भन्ने कुरामा विश्वास गर्छौँ । हाम्रो यस्तो विचारले  बैज्ञानिक शोचलाई निषेध गरिरहेको छ। नयाँ कुरालाई निषेध गरिरहेको छ। 

पुरानो कुरालाई बिस्थापित नगरी नयाँ स्थापित हुन सक्तैन। जस्तो, हामीले नयाँ घर बनाउन पुरानो भत्काउँनै पर्छ। नभत्काए पनि छेउमा अर्को घर बनाउन सकिन्छ नि भन्ने कुरा आउँन सक्छ। तर त्यो केही क्षणको लागि मात्र सम्भव छ। जब नयाँ घरमा बस्न थालिन्छ नि त्यसमा आदत भए पछि पुरानो घर मन पर्न छोड्छ। त्यसले अनावश्यक ठाउँ मात्र ओगटेको महसुश हुन्छ र एक दिन भत्काउनै पर्छ। यदि हामीले त्यो आफ्नो इतिहास बेकेको घर हो भनेर राख्यौ भने पनि एक दिन त्यसको आयु पुग्छ र आफैं ढलेर जानेछ।

संस्कार संस्कृति भन्ने कुरा पनि त्यस्तै हो। यसलाई समयानुसार चाँडै बदल्न सकियो भने समाज चाँडै परिवर्तन हुन्छ। तर त्यसको आयु सकियुञ्जेल चल्न दिने हो भने समाज पछाडि पर्दै जान्छ। जुन समाज समयको माग अनुसार परिवर्तन हुन सक्छ त्यो समाज संसारमा चाँडै बिकसित हुँदै गएको देखिन्छ।

संस्कार संस्कृति परिवर्तन गर्न पहिला बिचार परिवर्तन गर्नुपर्ने हुन्छ। समाजको भविष्य भनेको आजका नानीहरू हुन्। उनीहरूलाई हामी कसरी प्रशिक्षित गरिरहेका छौँ त्यहीँबाट उनीहरूको शोचको बिकास हुन्छ। दसदेखि बाह्र बर्षको उमेर सम्ममा मानिसको मूल शोच निर्माण भै सक्छ। हाम्रो सामन्तवादी सांस्कृतिक संस्कारले तँ, तिमी, तपाईँ, हजुर, बक्सियोस् जस्ता बिभेदकारी सम्बोधन गर्न उसलाई सिकाउछौँ। 

हामी आफ्नो बच्चालाई उसको खाली दिमागमा पहिलेदेखि नै भगवानको डर त्रासले भरेर आफू जस्तै अन्धविश्वासी बनाउन सुरु गर्छौँ। यसो गरेर उसलाई हामी स्वतन्त्र रुपमा यो संसारलाई बुझ्ने उसको दिमागमा पुरानो। थोत्रो विचारले भरिदिन्छौँ। त्यसपछि ऊ जिन्दगी भरी त्यो थोत्रो बवचारबाट उम्किन सक्तैन। त्यही थोत्रो बवचारको भारी बोकेर हिँडेको उसलाई नयाँ कुरा जान्ने जिज्ञाशा नै बाँकी रहँदैन। किनभने इश्वर नै अन्तिम सत्य हो र यो ब्रम्हाण्ड उसैको इशारामा चल्छ भन्ने झुटलाई अन्तिम सत्य भनेर दिमाग भरिदिए पछी उसमा नयाँ गर्ने र जान्ने जिज्ञासा नै बाँकी रहँदैन। उसंग हरेक प्रश्नको बनावटी जवाफ तयार रहन्छ। जब दिमागमा प्रश्न नै नरहे पछि नयाँ ज्ञान प्राप्त हुने कुरा नै हुँदैन ।

यसरी थाहै नपाई एउटा नयाँ मान्छेलाई हामी धर्म र संस्कृतिको नाममा एउटा फलामे साँङ्लाले बधि दिन्छौ। किशोर अवस्थामा आउँदासम्म ऊ एउटा अदृश्य पर्खाल भित्र थुनिइ सकेको हुन्छ। ऊ केही नयाँ गर्न खोज्छ तर उसलाई घर्म संस्कृतिको पर्खालले छेकी हाल्छ र केही गर्न सक्तैन। एउटा मात्र होइन हरेक धर्म संस्कृतिले मानिसलाई यसरी एउटा कैदी बनाउँछ। त्यसबाट उम्किन उसलाई पुस्तौँ संघर्ष गर्नु पर्छ।

अहिले हामी के गल्ती गरिरहेका छौँ भने नयाँ र पुरानो संगसंगै लिएर जान खोज्दैछौ। यसको अर्थ हो, हाम्रो दिमागमा बसेको पुरानो शोचले जरा गाडेर बसेको छ। पुरानो भित्रको नयाँलाई मात्र नयाँसंगै लिएर जान सकिन्छ। समस्या हाम्रो पुरानो शोचमा छ, हाम्रो चिन्तनमा छ । त्यो बिस्थापित नभएसम्म आमूल परिवर्तन असम्भव छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट