Techie IT
  • २०८१ जेष्ठ ४, शुक्रबार

स्मृतीमा जनयुद्धका महान् शहीद महेन्द्र श्रेष्ठ


तत्कालिन नेकपा (माओवादी)ले २०५२ साल फागुन १ गते देखि थालनी गरेको १० वर्षे जनयुद्धमा हजारौँ शहीद र घाइते भए । सयौँ बेपत्ता योद्धाको अवस्था अझै अज्ञात नै छ । जनयुद्धकै जगमा आज देशले संघीयता, धर्मनिरपेक्षता, समावेशीता प्राप्त गरेको छ र समाजवाउन्मुख राष्ट्र बनेको छ नेपाल । 

जनयुद्धको दौरानमा माओवादी पार्टीबाट पोलिटब्युरो सदस्यदेखि केन्द्रीय सदस्य, कुशल योजनाकार, तालिमप्राप्त योद्धा, माओवादी समर्थक र सर्वसाधारण जनताको तत्कालिन सरकारद्वारा हत्या भयो । तत्कालीन शाही सेनाद्वारा हत्या गरिएका ‘पूर्वको रोल्पा’ भनेर चिनिने सिन्धुलीका एक होनहार युवा थिए महेन्द्र श्रेष्ठ (क.मानबहादुर) । महेन्द्र श्रेष्ठलाई २०५५ साल भदौमा ओखलढुंगाबाट गिरफ्तार गरी नौ दिनपछि उदयपुर जिल्लाको खोक्सामा पुर्याई असोज ५ गते राज्यले ‘किलो शेरा–टू अपरेशन’ जारी गरेका बेला हत्या गरेकोे थियो ।

वि.सं. २०२६ असार ३ गते सिन्धुलीको तत्कालिन भद्रकाली गाविसमा जन्मिएका महेन्द्र श्रेष्ठ सानै उमेरदेखि राजनीतिक क्षेत्रमा चासो राख्थे । बिभेद, उत्पिडन, सामन्तवाद, असमानताकाविरुद्ध उनी उमेरले सानै भएपनि निकै सचेत थिए । माओवादीले थालनी गरेको जनयुद्धमा उनी आफ्ना १–२ वर्षका नाबालक छोराछोरीहरुलाई छोडेर युद्धमा होमिए । सायद आफ्नो बुबाको अनुहारसमेत राम्रोसँग चिन्न नपाएका ती अवोध छोराछोरीहरुलाई चटक्कै छोडेर हिँड्न महेन्द्र श्रेष्ठलाई मन त थिएन, तर आफू मरेर हजारौँ छोराछोरीहरुले सुशासन, समानता, अधिकार, रोजागरी, उचित शिक्षादीक्षा, औषधिउपचार अनि समाजवाद प्राप्त गर्छन् भने कार्ल माक्र्स, लेलिन, माओ, स्टालिनले देखाएको आर्दशको पथमा हिँड्न उनलाई पारिवारिक एवं व्यक्तिगत ‘स्वार्थी मायाँ’ले रोक्न सकेन । त्यसैले उनी आज भौतिक रुपमा हाम्रासामू नभएपनि युगौँयुग बाँचिरहेका छन् । उनी यस धर्तीमा जन्मिएको सार्थकता भएको छ । 

शहीद महेन्द्र श्रेष्ठ पार्टीको नियमलाई पालना गर्नुपर्छ भन्ने व्यक्ति थिए । संसार भरीका दुस्मन नेकपा (माओवादी) प्रति एक भएर आइलाग्दा पनि निडर भएर आफ्नो पार्टीप्रति लाग्दा सिन्धुली जिल्लाबाट महेन्द्र श्रेष्ठसहित एक सय ६७ जनाले सहादत प्राप्त गर्नुपरेको थियो । महेन्द्र श्रेष्ठजस्ता धेरै शहीदहरुले सयौँ पटक जनताको अधिकारका लागि नलडेको भए आज माओवादी पार्टी सत्तासम्म पुग्ने सफलता प्राप्त गर्न सक्दैनथ्यो ।

मेहन्द्र श्रेष्ठ एक तालिमप्राप्त फौजी व्यक्तित्व थिए । जनयुद्धकै दौरानमा उनलाई तत्कालिन नेकपा (माओवादी पार्टी)ले पिपुल्स वार ग्रुप (पीएसजी) को तालिम लिन भारत पठाएको उनका तत्कालिन सहयोद्ध एवं हाल बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ स्मरण गर्छन् । महेन्द्र श्रेष्ठसँगै त्यतिबेला उक्त तालिम लिनका लागि निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) लाई पनि पार्टीले भारत पठाएको थियो ।

शहीद तथा बेपत्ता योद्धा सन्तती फाउण्डेशनका सल्लाहाकार सदस्य एवं शहीद महेन्द्र श्रेष्ठका छोरा क्षितिज श्रेष्ठ नीति नियममा पार्टीलाई कसरी सुधार गर्ने र शहीद परिवार र घाइते परिवारलाई कसरी एकताबद्ध बनाउने भन्ने कुरामा विषेश ध्यान दिनुपर्ने बताउँछन् । उनी आफ्नो स्वार्थको लागि काम गर्ने भन्दा पनि सक्षम र सबल व्यक्तिलाई अंगालेर काम गरेमा शहीदहरुको सपना पुरा हुने बताउँछन् । भ्रष्टचार गर्न छाडेर देश, पार्टी अनि जनताका लागि आफ्नो ठाउँबाट सबैले योगदान दिँदा शहीदहरुप्रति सम्मान हुने उनको ठम्याई छ । सरकार र पार्टीमा रहेर आफ्नो नेतृत्व गरिरहेका सबैले शहीद परिवारको गुनासोलाई सुन्नुपर्ने भन्दै नेतृत्व गर्दै जाँदा कोही कसैले बाटो नविराउन उनी सुझाव दिन्छन् । 

मेहन्द्र श्रेष्ठ एक तालिमप्राप्त फौजी व्यक्तित्व थिए । जनयुद्धकै दौरानमा उनलाई तत्कालिन नेकपा (माओवादी पार्टी)ले पिपुल्स वार ग्रुप (पीएसजी) को तालिम लिन भारत पठाएको उनका तत्कालिन सहयोद्ध एवं हाल बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ स्मरण गर्छन् । महेन्द्र श्रेष्ठसँगै त्यतिबेला उक्त तालिम लिनका लागि निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) लाई पनि पार्टीले भारत पठाएको थियो ।

महेन्द्र श्रेष्ठ शहीद हुनु (मारिनु)मा पार्टीभित्रको आन्तरिक किचलो र झमेला पनि एक कारण रहेको सिन्धुलीका कतिपय नेता तथा जनताको बुझाई छ । २०५५ सालतिर सिन्धुलीमा छुट्टै जिल्ला पार्टी कमिटि थिएन । तत्कालीन सिन्धुलीको माओवादी पार्टी कहिले काभ्रे त कहिले सर्लाही, उदयपुर, र मकवानपुरले कमिटिले हेर्ने गर्थे । त्यतिबला पार्टी भित्र कारबाहीको श्रृंखला पनि चलेको थियो । पार्टी भित्र ‘लाइन संघर्ष’को बहस फाट्ट फुट्ट उठ्ने गरेको थियो । त्यही लाइन संघर्षका कारण महेन्द्र श्रेष्ठले अकालमा ज्यान गुमाउनु परेको कतिपयको आरोप छ । यसका बारेमा वर्तमान नेकपा (माओवादी केन्द)ले छानबिन गर्न जरुरी छ । आफूमाथि लागेको आरोप माओवादीले दुधको दुध पानीको पानी निकाल्न हिम्मत गर्नुपर्छ ।

२०६२/०६३ सालको दोस्रो जानआन्दोलनसँगै तत्कालिन नेकपा (माओवादी) शसस्त्र युद्ध त्यागेर वार्तामार्फत शान्तिपूर्ण खुला राजनीतिमा अवतरण गर्यो । शान्ति प्रकृयामा आएको १५ वर्ष पुरा भइसक्दा पनि अझै संक्रमणकालीन न्याय टुंगिन सकेको छैन । संक्रमणकालीन न्यायलाई सत्यनिरुपण आयोग, पुर्पक्ष र अभियोजन, परिपुरण, संस्थागत सुधार र मेलमिलाप लगायतका विधीबाट समाधान गर्न सकिन्छ । शहीद तथा बेपत्ता योद्धाका परिवारलाई राहत, क्षतिपूर्ति, शिक्षा र स्वास्थ्यमा विशेष जोड दिनुपर्छ । 

माओवादीले थालनी गरेको जनयुद्धमा उनी आफ्ना १–२ वर्षका नाबालक छोराछोरीहरुलाई छोडेर युद्धमा होमिए । सायद आफ्नो बुबाको अनुहारसमेत राम्रोसँग चिन्न नपाएका ती अवोध छोराछोरीहरुलाई चटक्कै छोडेर हिँड्न महेन्द्र श्रेष्ठलाई मन त थिएन, तर आफू मरेर हजारौँ छोराछोरीहरुले सुशासन, समानता, अधिकार, रोजागरी, उचित शिक्षादीक्षा, औषधिउपचार अनि समाजवाद प्राप्त गर्छन् भने कार्ल माक्र्स, लेलिन, माओ, स्टालिनले देखाएको आर्दशको पथमा हिँड्न उनलाई पारिवारिक एवं व्यक्तिगत ‘स्वार्थी मायाँ’ले रोक्न सकेन ।

इतिहासमा ओझेल परेका तर महत्वपूर्ण भूमका निर्वाह गरेका महेन्द्र श्रेष्ठ जस्ता हजारौँ शहीदहरुको योगदानलाई अव पनि अगाडि ल्याउन नसके, उजागर गर्न नसके जनयुद्ध र ईतिहासप्रति नै अन्याय हुने छ । प्रतिगामीलाई गालि गरेर मात्र पनि आफू सही सावित हुइँदैन ।  आफू सही सावित हुन स्वयम् सही ढंगबाट चल्नु पर्छ । आचरण बदलिनु पर्छ । जनताको मनभित्रबाट चित्त प्रसन्न भएर तालि बज्नुपर्छ । नेतृत्वले शैली सुधार्नु पर्छ । 

दलाली गर्ने, खुसामदी गर्ने, चाकरी गर्ने मान्छेका कारण नेतृत्व मनोगत हुने गरेकाले मूल नेतृत्व सत्यनजिक नपुग्ने समस्या रहँदै आएको छ । नेतृत्वले गलत निर्णय लिने, गलत अभिव्यक्ति दिने र गलत कदम चाल्ने गर्नाले शहीदका योजना, सपना र पाइलामा बिराम लाग्ने त होइन ? यो प्रश्न यतिबेला जनयुद्ध, जनआन्दोलन, बिभिन्न अधिकारकार आन्दोलनमा ज्यान गुमाउनेका परिवार, घाइते र बेपत्ता योद्धाका परिवारहरुले गरिरहेका छन् । यो प्रश्न आम परिवर्तनकामी नेपालीहरुको प्रश्नसमेत हो ।  
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट