Techie IT
  • २०८१ जेष्ठ ३, बिहीबार

राष्ट्रिय जनगणनामा मगर समुदायको तथ्यांक सच्याइने छः प्रधानमन्त्री प्रचण्ड


काठमाडौं, १ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय जनगणनामा मगर समुदायको तथ्यांक सच्याइने बताएका छन्। नेपाल मगर संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो जनगणनामा देखिएको त्रुटि सच्याउन अगाडि बढिसकेको बताए। 'तथ्यांक विभाग मन्त्रिपरिषद् अन्तर्गत नै पर्छ। राष्ट्रिय जनगणनामा मगर समुदायलाई फुटायो भन्ने कुरा मलाई डेलिगेशनमार्फत् जानकारी प्राप्त भएको छ। तपाईँहरूलाई जानकारी गराउन चाहन्छु, यो सच्याउने प्रक्रिया अगाडि बढिसक्यो,' उनले भने। उनले गणतन्त्र नेपालको पहिलो उपराष्ट्रपति नन्दकिशोर पुनलाई आफूले प्रस्ताव गरेको दाबी गरे। पहिलो महिला सभामुख ओनसरी घर्तिमगरलाई पनि आफैंले प्रस्ताव गरेको उनको दाबी छ। 'सफल अर्थमन्त्री जो लामो समय उपचारपछि आज फर्किनुभएको छ, वर्षमान पुनलाई पनि पहिलोपटक रक्षामन्त्री बनाउन मैले प्रस्ताव गरेको हुँ,' उनले भने।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट