नेकपाको विभाजन तत्काल ट-यो
कम्तिमा तत्काल पार्टी एकता बचाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले निकै सुझबुझपूर्ण निर्णय गरेका छन् । जारी स्थायी समितिको वैठकलाई स्थगित गरेर केन्द्रीय समितिको वैठक एक महिनापछि बोलाएका छन् ।
स्थायी समितिको वहुमतले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीका विरुद्ध कुनै निर्णय गरेको भए उनले निर्णय मान्ने अवस्था थिएन । त्यस्तो अवस्थामा पार्टी निर्णय मान्नुपर्छ र पर्र्दैन भन्ने बहस स्वतः उठ्थ्यो र बहस लम्बिदैं जाँदा केपी ओलीले आफ्नो प्रतिरक्षाका लागि सदन विघटन, संकटकाल वा पार्टी फुटाउन सजिलो हुने विधेयक ल्याउनेसम्मका कार्वाही हुने सम्भावना थियो । नेकपा विभाजित हुँदा परिवर्तनको विपक्षमा रहेकाहरुलाई मात्र फाइदा हुन्थ्यो ।
विदेशी शक्तिको चलखेल
विवाद मिलाउन नेकपाको स्थायी समितिको वैठक चलिरहेकै बेलामा पार्टी विभाजन गराउन भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयलसहित विभिन्न व्यक्तिहरु केही दिनदेखि काठमाडौंमा सक्रिय भएर लागेको विभिन्न मिडियाहरुले लेखेका छन् । ‘रअ’ प्रमुखसँगै आईबी प्रमुख, विदेश मन्त्रालयमा नेपाल डेस्क हेर्ने पियुष श्रीवास्तव, भारतीय पूर्व उच्च अधिकारी रवीशकुमार, राष्ट्रिय सुरक्षा एजेन्सीका उच्च अधिकारी समेत काठमाडौंमा सक्रिय रहेको बताइएको छ । उनीहरुको योजना जसरी पनि नेकपालाई विभाजन गर्ने रहेको चर्चा गरिएको छ ।
तर, यसको स्वतन्त्र पुस्टि भने भएको छैन ।
क्याटेगोरी :
राजनीति
ट्याग : #breaking