Techie IT
  • २०८१ वैशाख २७, बिहीबार

एमालेले गण्डकी प्रदेश सभा सचिवालयमा एकसाथ तीन वटा सङ्कल्प प्रस्ताव दर्ता गरायाे


कास्की । नेकपा एमालेले कालीगण्डकी–तिनाउ डाईभर्सन बहुउद्देश्यीय परियोजना खारेजीको माग गर्दै गण्डकी प्रदेश सभा सचिवालयमा सङ्कल्प प्रस्ताव दर्ता गराएको छ ।

गण्डकी प्रदेश सरकार र पालिकासँग समन्वय नगरि सङ्घीय सरकारले एकतर्फीरूपमा शुरु गर्न लागेको परियोजना खारेजीका लागि दबाब दिन प्रदेश सभाबाट सङ्कल्प प्रस्ताव पारित गराउने उद्देश्य रहेको प्रस्ताव दर्ता गराउने सांसद सुधीरकुमार पौडेलले बताए ।

गण्डकी प्रदेशको स्याङ्जा र लुम्बिनी प्रदेशको पाल्पाको सिमाना राम्दी पुलभन्दा दुई किलोमिटर तल रम्भा गाउँपालिका पीपलडाँडामा बाँध बनाउने योजना छ । त्यहाँबाट २७ किलोमिटर लामो सुरुङमार्फत पाल्पाको तिनाउ गाउँपालिका–१ दोभानमा पानी झारेर एक सय ३२ दशमलव नौ मेगावाट बिजुली निकाल्ने र रुपन्देही र कपिलवस्तुका ६३ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउने सङ्घीय सरकारको योजना छ । यो परियोजना कालीगण्डकी किनार आसपासका बासिन्दाको हितमा नरहेको र वातावरणीय, धार्मिक र सांस्कृतिकरूपमा पनि उचित नरहेकाले खारेजीका लागि सङ्कल्प प्रस्ताव दर्ता गराइएको सांसद पौडेलले बताए ।

२०६५ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जलस्रोतमन्त्री हुँदा एमाले उपाध्यक्ष विष्णु पौडेलले कालीगण्डकी डाइभर्सन प्रक्रिया अगाडि बढाएका हुन् ।

यस्तै एमालेले लुम्बिनीमा रहेको सुस्ता गाउँपालिकालाई गण्डकी प्रदेशमा सार्ने र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने सङ्कल्प प्रस्ताव पनि प्रदेश सभामा दर्ता गराएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट