Techie IT
  • २०८१ वैशाख २०, बिहीबार

माओवादीले मात्र जनताको मन जित्न सक्छ -उपाध्यक्ष सापकोटा


काठमाडौं, भदौ ६।नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले माओवादीसँग अझै जनताको पक्षमा काम गर्ने नीति तथा कार्यक्रम भएकोले माओवादीले मात्र जनताको मन जित्न सक्ने बताउनुभएको छ ।

पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका इन्चार्जसमेत रहनु भएका सापकोटाले भन्नुभयो जनताको मन जित्नेले विजय प्राप्त गर्दछ तर जनताको मन दुःखाउनेले भएको विश्वास पनि गुमाउॅछ ।” 

नेता सापकोटाले पार्टीको विचार नीति र कार्यक्रमका साथै पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वको सरकारले गरेका कामहरु जनतामा लैजान तीन महिने अभियान संचालन गरिएको उल्लेख गर्दै त्यसलाई सफल बनाउन प्रचारको महत्व रहेकोमा जोड दिनुभयो । 

गत महिना सम्पन्न केन्द्रीय समितिको बैठकपछि पुनर्गठन भएको  पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागको पहिलो बैठक बुधबार पेरिस डाँडामा बसेको हो । 
बैठकले पार्टीले भदौ १६ देखि मंसिर १५ सम्म चल्ने तीन महिने अभियानका लागि केही विशेष योजनासमेत समावेश गरेर नीति तथा कार्यक्रम सम्वन्धी प्रस्ताव पारित गरेको छ । 

बैठकमा उपस्थित पार्टीका अर्का उपाध्यक्ष पम्फा भुसालले तीन महिने अभियान पार्टी पुनर्निर्माणको अभियान पनि भएकोले जनतामा पुग्ने कार्यमा प्रचारको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । 

कार्यक्रममा पार्टीका  उपमहासचिव गिरिराजमणि पोख्रेल, कोषाध्यक्ष श्रीराम ढकाल, संचारमन्त्री एवं स्थायी समिति सदस्य रेखा शर्माले जनतामा जाने अभियानमा विभागको महत्वपूर्ण योगदान हुने धारणा राख्नुभयो । 

विभागको बैठकले १३ वटा विषयगत समितिहरु र १० वटा प्रदेश समन्वय समिति पनि गठन गरेको छ ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट