Techie IT
  • २०८१ जेष्ठ ४, शुक्रबार

२९ औँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता शेर्पा


काठमाडौं । सगरमाथाको २८ पटक आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता शेर्पा फेरि आरोहणमा जान लागेका छन् ।

गएको वर्ष २८ औँ पटक सगरमाथाको आरोहण गर्नुभएका शेर्पा फेरि सगरमाथा आरोहणका लागि आधार शिविर पुगेका हुन् । उनी आरोहीको पथप्रदर्शकका रूपमा सगरमाथा आरोहण गर्दै आएका छन् । आफ्नो पेसा भएकाले यति पटक भनेर गन्ती नगरि सकुन्जेल सगरमाथा आरोहण गर्ने उनले बताए ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका थामेमा जन्मिएका ५४ वर्षीय शेर्पा सगरमाथामा सबैभन्दा धेरै पटक आरोहण गर्ने कीर्तिमानी आरोही हुन्। यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ९० जनाले अनुमति लिएका छन् । आरोहण सहयोगीहरूले भने अनुमति लिनुपर्दैन ।

सगरमाथाको चौथो शिविरसम्म बाटो बनाउने काम भइसकेको र मौसमले साथ दिएमा वैशाखाको अन्तिम हप्तादेखि आरोहण शुरु हुने पर्यटन विभागले जनाएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट