Techie IT
  • २०८१ वैशाख २८, शुक्रबार

सांस्कृतिक र शैक्षिक ज्यादतीविरुद्ध उत्रिए बालेन


काठमाडौं ।भारतीय फिल्म ‘आदिपुरूष’को जानकी भारतीय छोरी हुन् भन्ने शब्द नसच्चिएसम्म काठमाडौंमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने काठमाडौं महानगरका मेयर बालेन शाहले सामाजिक सन्जालमार्फत चेतावनी दिएका छन् । उनको उद्घोष, भारतीय फिल्महरूबाट नेपालबारेका सांस्कृतिक र ऐतिहासिक तथ्य तोडमोड भइरहने प्रवृत्तिविरुद्धको स्वाभाविक प्रतिउत्तर हो। ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरूष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन’, उनले उनले सामाजिक संजालमार्फत भनेका छन् । बालेनले फिल्ममा शब्द सच्याउन तीन दिनको समय समेत दिएका छन् । ‘आदिपुरूष’ आज शुक्रबारदेखि विश्वव्यापी रूपमा प्रदर्शन हुन लागेको छ । फिल्मको त्यस शब्दप्रति स्वयं भारतमा समेत विरोध जनाइएको छ । त्यस्तै भृकुटीमण्डपको सुरु गरिएको शैक्षिक मेलामा शिक्षाको व्यापारीहरूको चलखेल देखिएपछि बालेनले हिजो उद्घाटन लगत्तै उक्त मेला बन्द गरिदिएका छन् । पढाइ हुने विषयबारे मात्र जानकारी गराउने सहमति भएपछि आज शुक्रबारदेखि मात्रै मेला गर्न दिइने भएको छ । एसइई र प्लस टु को रिजल्ट प्रकाशन हुनु अगाडि नै शैक्षिक मेलाको नाउँमा विद्यालयहरूले शुल्क र भर्नाका लागि नाम टिपाउने गरेकाले बिहीबारका लागि मेला बन्द गराइएको हो । भृकुटीमण्डपमा शैक्षिक मेला हुँदैछ भनेर महानगरले बिहीबार बिहान मात्रै जानकारी पाएको थियो । चार दिने शैक्षिक मेलाको उद्घाटन सभामुख देवराज घिमिरे र कलाकार मदनकृष्ण श्रेष्ठले गरेका थिए । मेलामा ५० भन्दा बढी शैक्षिक संस्थाका स्टलहरू थिए ।  



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट