Techie IT
  • २०८१ वैशाख २९, शनिबार

बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली पूर्वी नेपाल प्रस्थान


काठमाण्डौं, ४ असार । बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको उच्चस्तरीय टोली पूर्वी नेपाल प्रस्थान गरेको छ । प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकप्टरमार्फत पूर्वी पहाडी जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणमा निस्किएको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । उनको साथमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र सहरी विकासमन्त्री सीता गुरुङ छन् । प्रभावित क्षेत्रका जनप्रतिनिधि योगेश भट्टराई, वसन्त नेम्वाङ, दीपक खड्का र कोशी प्रदेश सभा सदस्य राजेन्द्र कार्की सहभागी छन् । साथमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, गृह मन्त्रालयका विपद् हेर्ने प्राविधिक इन्जिनियर र प्रधानमन्त्री कार्यालयका विपद् हेर्ने अधिकृत पनि साथमा छन् । प्रधानमन्त्री प्रचण्डको निर्देशनमा प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धारको काम भइरहेको छ । बाढी र पहिरोमा फसेकालाई उद्धार गरिएको छ । आजैमात्र भौतिक पूर्वाधार मन्त्रालयले केन्द्रीय सडक सञ्जालबाट विच्छेद भएको पाँचथर र ताप्लेजुङलाई जोड्न बेलिब्रिजको सामान प्रभावित क्षेत्रमा पठाइसकेको उनले जानकारी दिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट