देशहरूलाई सुरक्षा मापदण्ड अपनाएर अघि बढन डब्लुएचओको आग्रह
काठमाडौ ।छाडारूपमा नभइ सुरक्षा मापदण्ड अपनाएर देशहरूलाई अघि बढन विश्व स्वास्थ्य संगठन डब्लुएचओले आग्रह गरेको छ ।
सिमित मानिसहरूलाई जम्मा हुने र भयावह बन्न सक्ने समूहलाई सुरक्षित पारी व्यवसाय र सेवा फेरि खुला गर्ने प्रयासको विषयमा डब्लुएचओले यस्तो बताएको हो ।
“धेरै नियन्त्रण गरी अघि बढेका देशहरूमा कोरोनाभाइरस नियन्त्रित भएको र ती देशहरू अब अझ बढी खुला हुन सक्छन ।नियन्त्रण बिनाको खुलापन विनासको घुट्को निलेजस्तो हुन्छ ।” डब्लुएचओका महानिर्देशक टेड्रोज अधानोम गेब्रेयससले प्रेसलाई सम्बोधन गर्दै यसतो बताए ।
सबै देशले चार अपरिर्हा चीज गर्नुपर्ने उनले बताउँदै भाइरस नियन्त्रणमा ध्यान दिनुपर्ने बताए ।धेरै मानिस जम्मा हुने रंगशाला, रात्रिक्लब र पुजाअर्चना स्थलको भिडभाड रोक्नुपर्ने उनले जनाए । मानिसहरूले सामाजिक बन्न सिर्जनात्मक बाटोको खोजी गर्न सक्नुपर्ने उनको भनाइ थियो ।
मास्कलगाएर बस्ने एक्लो व्यक्तिले पनि भाइरस नियन्त्रणमा योगदान दिइरहेको हुने कुरो सबैले बुझ्नु पर्ने टेड्रोजले भने ।
डब्लुएचओले होटल, कार्गो जहाज र माछा मार्ने भेसललाई सुरक्षित साथ सञ्चालन गर्न हालै निर्देशिका सार्वजनिक गरेको छ ।
डब्लुएचओका प्रमुख वैज्ञानिक डा. सौम्या स्वामिनाथनले थोरै डेटाका आधारमा कुनै भ्याक्सिनलाई प्राधिकरण दिनु भनेको विविध प्रकारका समस्या सिर्जना गर्नु हुने बताइन ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय,
समाचार
ट्याग : #breaking