Techie IT
  • २०८१ वैशाख १४, शुक्रबार

डीडीसी दूध आजदेखि लिटरको ९७ रुपैयाँ


काठमाडौं, २ चैत । दुग्ध विकास संस्थानले डीडीसी दूधको मूल्य बढाएको छ । संस्थानले डीडीसी ‘स्ट्यान्डर्ड’ दूधको मूल्य प्रतिप्याकेट पाँच रुपैयाँ ५० पैसा बढाएर ४८ रुपैयाँ ५० पैसा पुर्‍याएको हो । यो मूल्य चैत २ गते (आज)देखि लागु हुने संस्थानका निमित्त उपमहाप्रबन्धक तथा सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले बताए । संस्थानले यसअघि बिक्री गर्दै आएको डीडीसी स्ट्यान्डर्ड दूधको मूल्य प्रतिप्याकेट ४३ रुपैयाँ थियो । उपभोक्ताले अब डीडीसीको एक प्याकेट दूध खरिद गर्दा ४८ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ । लिटरमा भने डीडीसी स्ट्यान्डर्ड दूधको मूल्य ११ रुपैयाँले वृद्धि भएको अधिकारीले बताए । मूल्यवृद्धि हुनुअघि डीडीसी दूधको मूल्य प्रतिलिटर ८६ रुपैयाँ थियो । आजदेखि प्रतिलिटर ९७ रुपैयाँ पर्नेछ । डीडीसीले काठमाडौं उपत्यकामा चार किसिमका दूधहरू बिक्री गर्दै आएको छ । अरू दूधको मूल्य आई नसकेको उनले बताए । “दुग्ध संस्थानले काठमाडौं उपत्यकामा चार किसिमका दूध बिक्री गर्दै आएको छ । तर, हामीले स्ट्यान्डर्ड दूधको मूल्य प्रतिप्याकेट पाँच रुपैयाँ ५० पैसा वृद्धि गरेका हौँ । जसलाई उपभोक्ताले निलो प्याकेट भनेर बुझ्छन्,” उनले भने, “त्यस्तै प्रतिलिटरमा भने डीडीसी दूधको मूल्य ११ रुपैयाँ वृद्धि भएको छ ।”



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट