Techie IT
×
गृहपृष्ठसमाचारजनकपुरमा मलखादमा कालोबजारी गर्ने दुई पक्राउ

जनकपुरमा मलखादमा कालोबजारी गर्ने दुई पक्राउ


जनकपुर, १२ साउन । मलखाद्यमा कालोबजार गरेको आरोपमा प्रहरीले सप्तरीमा २ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले ७४ बोरा अबैध मलसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा राजविराज नगरपालिका ६ स्थित न्यु सगरमाथा एग्रोभेट सेन्टरका सञ्चालक सुर्यनारायण यादव र सबारी चालक महेन्द्र प्रसाद यादव रहेको प्रहरीले जनाएको छ ।
युरिया मल लुकाई छिपाई कालोबजारी गरिरहेको गोप्य सुचनाको आधारमा एग्रोभेटमा छापा मारेर भण्डारण गरिएको मलसहित सञ्चाचलक र स.१ ज ४६४ नम्बरको सबारी चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको सञ्चाचलक र स.१ ज ४६४ नम्बरको सबारी चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बरामद् भएको मलसहित दुबै जनलााई आवश्यक कार्वाीहका लागि भन्सार कार्यालय तिलाठीस्थित बेल्हीमा बुझाइएको जनाएको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस