Techie IT
×
गृहपृष्ठसमाचारसशस्त्र प्रहरी जवानको हत्यामा संलग्न ३ जना समातिए

सशस्त्र प्रहरी जवानको हत्यामा संलग्न ३ जना समातिए


जनकपुरधाम, ८ साउन । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट माडर सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहर कुमार यादवको हत्यामा संलग्न ३ जना फरार प्रतिवादीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिरहा नगरपालिका–३ मखनाहा टोल बस्ने २५ वर्षीय जयकेश कुमार यादव, मंगला भन्ने २० वर्षीय दिपेश कुमार यादव र बुलना भन्ने २२ वर्षीय मुकेश कुमार यादव रहेका छन् ।

गत असार १६ गते सिरहा नगरपालिका–१४ खिरौनास्थित नहरको पानीमा महोत्तरी सोनमा गाउँपालिका–३ घर भई सिरहा नगरपालिका–१७ स्थित उक्त आउट पोष्टमा कार्यरत सशस्त्र प्रहरी जवान यादव मृत फेला परेका थिए । उक्त घटना अनुसन्धानको क्रममा उनीहरूले सोही दिन दिउँसो सिरहा नगरपालिका–३ स्थित विवाहमा भएको सामान्य विवादमा यादवलाई चोर, चोर भनि करिब ३ किमिसम्म लखेटेर नहरमा डुबाई कर्तव्य गरी मारेको खुल्न आएपछि २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूउपर थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस